१८ असार २०८३, बिहिबार | July 2, 2026

संसद विघटन इण्डो अमेरिकी योजनाअनुसार : २१ दलिय मोर्चा



काठमाडौं । २१ राजनीतिक संगठनको कार्यगत एकताबाट बनेको दलिय मोर्चाले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटन अमेरिकी योजनाअनुसार भएको आरोप लगाएको छ। कोभिड-१९ को संक्रमण बढ्दै जाँदा घोषणा गरिएको निर्वाचनमा ठूलो षड्यन्त्र रहेको बैठकले निष्कर्ष निकालेको छ।

मोर्चाको तर्फबाट बामपन्थी नेता सिपी गजुरेलले जारी गरेको वक्तब्यमा मध्यावधी निर्वाचन देशलाई फासीवादीकरण तिर लैजाने अमेरिकी योजनाअनुसार घोषणा गरिएको दाबी गरिएको छ। वक्तब्यमा इण्डो अमेरिकी योजनाअनुसार नेपाललाई तिनीहरुको खेल मैदान बनाउने मुख्य उद्देश्यका साथ संसद विघटन र निर्वाचनको घोषणा गरिएको आरोप लगाईएको छ । ‘सीमित उपलब्धिहरुको पनि हरण गर्ने, फासीवादीकरणतिर देशलाई लैजाने, इण्डो अमेरिकी योजनाअनुसार नेपाललाई तिनीहरुको खेल मैदान बनाउने उनीहरुको प्रमुख लक्ष्य हो ।’ वक्तव्यमा भनिएको छ, ‘विदेशी शक्ति केन्द्रहरुसँगको मिलेमतोमा गरिने यी सबै षड्यन्त्रलाई विफल बनाउनु आवश्यक छ, यसविरुद्ध परिस्थितिअनुसार सङ्घर्षका विविध रुपहरुलाई अघि बढाउँदै लैजान सबै तयार हुनु पर्दछ ।’

विश्व स्वास्थ सङ्गठन र स्वास्थ विज्ञहरुले कोरोनाको तेस्रो लहर आगामी कात्तिकको अन्त्य र मंसिरतिर आउन सक्ने र त्यो लहर दोस्रोभन्दा पनि बढी सङ्क्रामक र घातक हुने र त्यसबाट बच्नका लागि तयारी गर्नुपर्ने चेतावनी दिइरहेकै बेला सरकारले ठीक त्यही बेला पारेर निर्वाचन घोषणा गरेर नागरिकलाई जोखिममा पार्ने षडयन्त्र गरेको वक्तब्यमा उल्लेख छ । ‘केपी ओली कम्पनीका अन्य क्रियाकलापहरुमाथि समेत ध्यान दिँदा त्यसको पछाडि ठूलो षड्यन्त्र लुकेको देख्न सकिन्छ।’ वक्तब्यमा लेखिएको छ ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ९ : ३३ बजे

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले