१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

प्रतिनिधिसभा विघटन विरुद्ध सुनुवाइ गर्न प्रधानन्यायाधीस राणाले गठन गरे संवैधानिक इजलास



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् ।

प्रधानन्यायाधीस राणाले आफ्नो नेतृत्वमा इजलास गठन गरेका हुन् । संवैधानिक इललासमा रहेका अन्य न्यायाधीसहरुमा दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।

रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदैछ । प्रतिनिधिसभा विघटन विरुद्ध परेका ११वटा रिटमा संवैधानिक इजलास माग गरिएको थियो । यस्तै अन्य १९ वटा रिटमा पनि गम्भीर संवैधानिक प्रश्नहरुको हल खोज्नुपर्ने भएकाले संवैधानिक इजलासमै पठाइएको छ । बिहीबार प्रधानन्यायाधीस राणाको एकल इजलासले ती रिटलाई समेत संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो ।

राष्ट्रपति कार्यालयमा पेस भएको बहुमतको दाबीअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने र संसद् पुनःस्थापना हुनुपर्ने लगायतको माग गर्दै प्रतिनिधिसभाका १४६ सांसदसहितले दर्ता गराएको ११ वटा रिटको पेसी संवैधानिक इजलासमा तोकिएको छ।

विघटनविरुद्ध कुल ३० वटा निवेदन दर्ता भएका छन् । रिट निवेदकले तत्कालन संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् । शुक्रवार बस्ने संवैधानिक इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश दिने की नदिने भन्नेबारे निर्णय गर्नेछ ।

संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित ५ जना न्यायाधीश हुन्छन् । प्रधान न्यायाधीशले आफूसहित रोष्टरमा रहेका सिनियर न्यायाधीश मध्येबाट इजलास गर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  १० : ३० बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर