२२ भदौ २०८३, सोमबार | September 8, 2026

चीनबाट ८ लाख डोज खोप भोलिसम्म आउने



काठमाडौं । चीनले नेपाललाई दिने घोषणा गरेको १० लाख डोज खोपमध्ये ८ लाख खोप भोलिसम्म काठमाडौं आइपुग्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत २६ मेमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए । चिनियाँ राष्ट्रपतिको सो घोषणा लगत्तै ८ लाख डोज खोप नेपाल आउन लागेको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार सो खोप लिन नेपाल वायुसेवा निगमका चार्टर्ड विमान आज राति ११ बजे बेइजिङका लागि प्रस्थान गर्नेछ । सो विमान बेइजिङबाट भ्याक्सिन लिई मंगलबार १० बजे नेपालको लागि प्रस्थान गर्ने तालिका रहेको जनाइएको छ । मंगलबार रातिसम्म चिनियाँ खोप नेपाल आइपुग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सरकारी निकायको सक्रियतामा कोभिड नियन्त्रण र उपचारका लागि विभिन्न देशबाट सहयोग आउने क्रम जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई उपलब्ध गराएको दोस्रो लटको स्वास्थ्य सामग्रीहरू ८ सय थान अक्सिजन सिलन्डिर, २ सय थान आईसीयू बेड, ५ थान भेन्टिलेटर, १० थान कन्सन्ट्रेटर, १५ सय थान एन्टिजेन किट आइतबार तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरिएको छ ।

त्यसैगरी चीन सरकारले ६ मिलियन आरएमबी अतिरिक्त अनुदान सहायताअन्तर्गत उपलब्ध गराएको ४० थान पोर्टेबल भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, ३० थान डीआर मेसिन, २० थान पोर्टेवल अल्ट्रासाउन्ड, ३० थान एनेस्थेसिया मेसिन आदि स्वास्थ्य सामग्री पनि आइतबार नै तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरिएको छ ।

चीन सरकारले अतिरिक्त अनुदान सहायताअन्तर्गत उपलब्ध गराएको ३ हजार ५ सय सिलिन्डरमध्ये ३५ सय थान अक्सिजन सिलिन्डर आज केरुङ नाकामा नेपाललाई हस्तान्तरण हुनेछ ।

त्यस्तै अस्ट्रेलिया सरकारले उपलब्ध गराउने मानवीय सहायता सामग्री बोकी अस्ट्रेलियन डिफेन्स फोर्सको जहाज यही ४ जुन २०२१ मा नेपाल आउनेछ । यस्तै थाइल्यान्ड सरकारका तर्फबाट नौवटा, थाइ मोनास्ट्री लुम्बिनीका तर्फबाट ३३ वटा र भेरापुन्चोक फाउन्डेसन का तर्फबाट चारवटा गरी जम्मा ४६ वटा अक्सिजन कन्सन्ट्रेटरहरू नेपाल आइसकेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी गैरसरकारी संस्था डाइरेक्ट रिलिफ डट ओआरजी मार्फत ८ सय ४० थान अक्सिजन कन्सन्ट्रेटर समेतका स्वास्थ्य उपकरण तथा औषधि प्राप्त भएको छ । यस्तै, कोभिड प्रतिकार्यका लागि इन्टरनेसनल फेडेरेसन अफ रेड क्रस एन्ड रेड क्रिसेन्ट सोसाइटिजमार्फत परिचालन गर्नेगरी क्यानाडा सरकारले १० लाख क्यानेडियन डलरबराबरको सहयोगको घोषणा गरेको छ ।  आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ६ : ४५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार