२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

चीनबाट ९ लाख डोज कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्दै



काठमाडौं । चीनले अनुदानमा दिने भनेको कोरोनाविरुद्धको १० लाख खोप मध्ये ९ लाख डोज खोप आज काठमाडौं आइपुग्ने भएको छ ।

८ लाख डोज खोप चीनको राजधानी बेइजिङ र १ लाख डोज खोप चीनकै स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार चीन सरकारले अनुदानमा दिएको खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–काठमाडौं मेडिकल कार्गो उडान सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको छ ।

सो विमानले आज २ बजेसम्म ८ लाख खोप लिएर नेपाल आइपुग्नेछ । यस्तै चीनको स्वायत्त क्षेत्र तिब्बतले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको १ लाख डोज खोप हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमार्फत आजै ल्याइँनेछ । बाँकी १ लाख डोज पनि हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमार्फत भोलि ल्याइँनेछ ।

चीनले नेपाललाई अनुदानस्वरुप दिएको उक्त खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइने तयारी भएको छ । ‘भेरोसेल’ खोप ५५ देखि ६५ वर्ष उमेर समूहलाई दिइने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ ।

यसअघि सरकारले भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई दिइएको थियो ।

६५ वर्ष माथिको करिब ९ लाख भन्दा बढी र कुल साढे १४ लाख नागरिक दोस्रो डोज खोपको पर्खाइमा रहेको मन्त्रालयको तथ्यांक छ । उनीहरुलाई बेलायतको एस्ट्राजेनेकाले उत्पादन गरेको खोप लगाउने तयारी सरकारले गरेको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ७ : २५ बजे

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ,

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको