१८ असार २०८३, बिहिबार | July 2, 2026

पुर्व प्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्यज्ञान ? प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको प्रश्न



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानन्यायाधीशलाई आउटडेटेड र अदालतमा बहस गरिरहेका अधिवक्ताहरुलाई ताण्डव र तामासाको संज्ञा दिएपछि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीमा कालो सोँच भएको टिप्पणी गरेका छन् ।

सोमबार एमालेको ओली समूह निकट युवा संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्व प्रधानन्यायाधिसहरुको वक्तब्यलाई आउटडेटेडहरुको अदालतमाथि हस्तक्षपकारी ताण्डव र अधिवक्ताहरुलाई कालो कोटधारीहरुको तामासाको संज्ञा दिएपछि प्रवक्ता शर्माले प्रधानमन्त्रीमा खराव कालो सोँच भएको टिप्पणी गरेका हुन् ।

शर्माले ट्वीटरमा लेखेका छन्, ‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू । व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुन्छ।’

२ दिन पहिले संविधान मासिने खतारा आएको औंल्याउँदै चार पूर्व प्रधानन्यायाधिसहरुले संयुक्त वक्तव्य जारी गरेका थिए । पूर्वप्रधानन्यायाधीशहरुलाई ओलीले सरकारी तलव खाएर वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा ? भन्दै प्रश्न गरेका थिए । विवेक बोल्ने पुर्व प्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्यज्ञान ? भन्दै प्रधानमन्त्री ओलीमाथि पनि प्रश्न तेर्साएका छन् ।

 

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ११ : ०८ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले