२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

एमालेमा संस्थापन र नेपाल-खनाल पक्षका छुट्टाछुट्टै बैठक बस्दै



काठमाडौं । नेकपा एमालेका दुई पक्षको बेग्लाबेग्लै बैठक आज बस्दैछ ।

पार्टी विभाजनको डिलमा पुगेको एमालेको नेपाल-खनाल पक्षको केन्द्रीय कमिटी बैठक बिहान ११ बजे बस्दैछ । यस्तै, तीन दिनदेखि आह्वान हुँदै स्थगित हुँदै आएको संस्थापन पक्षको स्थायी कमिटी बैठक आजै अपरान्ह ४ बजे बस्ने तय भएको छ ।

दोस्रो तहका नेताहरुबाट भैरहेको एकताको प्रयासकै बीचमा आज दुवै पक्षको अलग अलग बैठक बस्न लागेको हो । ओली पक्षले नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकलाई अनधिकृत भएको आरोप लगाएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति नै निकालेर सो बैठकमा सहभागी नबन्न केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका छन् ।

तर, नेपाल-खनाल पक्षले भने ओली पक्षबाट व्यक्तिगत रुपमा नेताहरु टिप्दै फकाउँदै फुटाउ र राज गरको शैलीमा आफ्नो पक्षमा फुट पार्न लागेको निस्कर्ष निकाल्दै सामुहिक धारणा बनाउन आफुपक्षीय केन्द्रीय कमिटी बैठक आयोजना गरेको दाबी गरेको छ । भर्चुअल रुपमा बस्ने बैठकमा पछिल्लो दिनमा भैरहेको राजनीतिक घटनक्रम र पार्टी एकता वचाउने विषयमा आफ्नो पक्षका केही नेताहरु र अर्को पक्षबीच भैरहेको वार्ताको विषयमा छलफल हुने नेपाल निकट एक नेताले बताए ।

संस्थापन पक्षले माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाट निस्काशन गरिसकेको छ । थप १२ जना नेताहरुलाई स्पष्टीकरण सोधिएपनि त्यसबारे कुनै निर्णय गरिसकेको छैन । तर, नेपाल पक्षका नेताहरुलाई व्यक्तिगत रुपमा आकर्षित गर्दै पार्टीमै अड्याउने र नेपालसहित केही सीमित नेतालाई हटाउने रणनीतिअन्तर्गत पछिल्लो चरणमा वार्ता भैरहेको ओली पक्षका नेताहरुले दाबी गरिरहेका छन् । सोही रणनीतिअन्तर्गत पछिल्लो पटक स्पष्टीकरण सोधिएका १२ नेता र सुदुरपश्चिमका १० जना प्रदेश सांसदहरुमाथिको कारवाही रोकिएको छ । ओली पक्षसँग नेपाल पक्षका घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेहरुले निरन्तर वार्ता गरिरहेका छन् । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले भने सामुहिक निर्णय विना संस्थापनसँग केही नेताहरुले व्यक्तिगत रुपमा वार्ता गरिरहेको भन्दै आफ्नै पक्षका नेताहरुसँग आशंका गरेको छ ।

प्रधानमन्त्री ओलीलाई सत्ताबाट नहटाएसम्म उनले पार्टीमा समेत सर्वसत्तावाद नछोड्ने निस्कर्ष निकाल्दै नेपाल पक्ष विपक्षी गठबन्धनमा सामेल भएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको थियो । नेपाल पक्षका २३ सांसदले सर्वोच्च अदालतमा अन्य दलसँग मिलेर प्रतिनिधिसभा विघटन विरुद्ध सामुहिक रिट समेत दायर गरेका छन् । त्यसलगत्तै संस्थापन पक्षले नेपालसहित ११ नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको थियो ।

 

 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ९ : १५ बजे

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो