२४ बैशाख २०८१, सोमबार | May 7, 2024

एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने प्रयास गरिँदैछ : गोकर्ण विष्ट



काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी एकताको प्रयासलाई कमजोर पार्ने दुरासयले आफ्नो नाम जोडेर समाचार बनाईएको प्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले आफ्नो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिरहेको बताएका छन् ।

एमालेको दोस्रो पुस्ता अन्तर्गन विष्ट सहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र योगेश भट्टराईले पार्टी एकताका पक्षमा लगातार ओली पक्षसँग सम्बाद जारी राखेपछि विस्टले नेपाल खेमा त्यागेको जस्ता समाचार प्रति लक्षित गर्दै उनले आफ्नो धारणा पोष्ट गरेका हुन् ।

विष्टले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने चाहना अनुसार पार्टी एकताबद्ध बनाउने प्रयासमा लागेको समेत स्पष्ट पारेका छन् । ‘एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ?’ उनले भनेका छन् , ‘हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।’

विष्ट सहितको नेताहरुले एकताको प्रयास जारी राखेकै बेला आज ११ बजे एमालेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ भने साँझ ४ बजे ओली पक्षले स्थायी कमिटीको बैठक डाकेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  १० : १० बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,