१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने प्रयास गरिँदैछ : गोकर्ण विष्ट



काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी एकताको प्रयासलाई कमजोर पार्ने दुरासयले आफ्नो नाम जोडेर समाचार बनाईएको प्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले आफ्नो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिरहेको बताएका छन् ।

एमालेको दोस्रो पुस्ता अन्तर्गन विष्ट सहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र योगेश भट्टराईले पार्टी एकताका पक्षमा लगातार ओली पक्षसँग सम्बाद जारी राखेपछि विस्टले नेपाल खेमा त्यागेको जस्ता समाचार प्रति लक्षित गर्दै उनले आफ्नो धारणा पोष्ट गरेका हुन् ।

विष्टले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने चाहना अनुसार पार्टी एकताबद्ध बनाउने प्रयासमा लागेको समेत स्पष्ट पारेका छन् । ‘एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ?’ उनले भनेका छन् , ‘हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।’

विष्ट सहितको नेताहरुले एकताको प्रयास जारी राखेकै बेला आज ११ बजे एमालेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ भने साँझ ४ बजे ओली पक्षले स्थायी कमिटीको बैठक डाकेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  १० : १० बजे

कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी

सानो भ-याङस्थित यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानो भ-याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात

सरकारले राज्यआतंक देखायो : एमाले, देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । नेकपा (एमाले)ले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सरकारले अत्यधिक बल

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम