२४ बैशाख २०८१, सोमबार | May 6, 2024

भैरहवाका माओवादीहरु राजनीति छाडेर संक्रमित मृतकको शव व्यवस्थापनमा



बुटवल । १५ वर्ष पहिले सम्म पहिलेसम्म शाहि नेपाली सेना र माओवादी कार्यकर्ता एक आपसका दुस्मन थिए । हरेक दिन एकले अर्कालाई खत्तम बनाउन रणनीति बनाउँथे र त्यही रणनीति अनुसार एकले अर्कालाई आक्रमण गर्थे । २०६३ को बृहद शान्ति सम्झौता पछि पनि माओवादी र रुपान्तरित नेपाली सेनजाबीच समुधुर सम्बन्ध बन्न सकेको थिएन । अन्तिम अवस्थामा सेना समायोजन पछि भने सेनाले माओवादी र माओवादीले नेपाली सेनालाई आत्मसाथ गरेको देख्न पाइयो । हो त्यही १५ वर्ष पहिले एक आपसमा लड्ने सेना र माओवादीहरु अहिले कतिपय स्थानमा एक आपसका परिपुरक बनेका छन् ।

एक महिना अगाडि सम्म रुपन्देहीको भैरहवा स्थित भिम अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गर्ने गर्दथ्यो । सेनाको एउटा टोलि नै शव व्यवस्थापनमा खटिएको थियो र उसले आफन्तको चाहना अनुसार जलाउने वा गाड्ने स्थान समम शव पु¥याईदिने गर्दथ्यो । तर बिगत ३ साताबाट नेपाली सेनाले गर्दै आएको काममा हात बँटाउन माओवादी कार्यकर्ताहरु अग्रसर भएका छन् । अहिले भैरहवाको भिम अस्पतालमा सेनाको जवानहरुलाई विश्राम गराएर माओवादी केन्द्रका कार्यकर्ताहरुले शव व्यवस्थापनको जिम्मा लिएका छन् । नेपाली सेनाले जस्तै गरि शवको दाहसंस्सकार अगाडी उनीहरुले सलामी दिन्छन् । अस्पतालले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर प्याक गरिदिएको शव दाहसंस्कार स्थल सम्म पु¥याईदिन्छन् र मृतकका आफन्तको चलन चल्ती अनुसार अन्त्यस्छीमा सहघाउँछन् । फरक यत्ती छ नेपाली सेनाले मुट्ठी फिँजाएर सलामी दिने गर्दथ्यो भने माओवादी कार्यकर्ताहरुले मुट्ठी बाँधेर लालसलाम गर्ने गर्दछन् ।

भिम अस्पतालमा मृत्यु भएका सबैको शव व्यवस्थापनको जिम्मा माओवादीको सिद्धार्थनगर नगरकमिटीले लिएको छ । उनीहरु बिहानै देखि अस्पतालमा उपस्थित हुन्छन् र पीपीई लगाएर शव व्यवस्थापनका लागि तयारी अवस्थामा रहन्छन् । माओवादीले शव व्यवस्थापनसँगै अस्पतालमा भर्ना भएका संक्रमितहरुलाई बेसार, जुवानो र मसला पानी सहित अण्डा, सुप जस्ता पोषिलो खानेकुरा पनि वितरण गर्दै आएका छन् । संक्रमितको आफन्तलाई सिधै तातो पानी र बेसार पानी बनाईदिन होटल व्यवसायीहरु हिच्किचाईरहेका बेला माओवादीका कार्यकर्ताहरुले थालेको यो कदमले संक्रमति र उनका आफन्तहरुलाई धेरै नै राहत पुगेको छ ।

शव व्यवस्थापनका लागि १६ जनाको टोलि बनाईएको छ, टोलिको कमाण्ड जनमुक्ति सेनाका पुर्व लडाकु सिद्धार्थनगर कमिटिका ईन्चार्ज तिरबहादुर रोकाले गरेका छन् । सह कमाण्ड सम्हालेका छन् माओवादीका सिद्धार्थनगर कमिटीका सह इन्चार्ज नारायण हमालले । उता बेसार पानीको प्रबन्धका लागि भने नगरका स्थानीय कार्यकर्ताहरुले आलोपालो गर्ने गरेको रोकाले बताए । उनले नेपाली सेनाले शव ब्यवस्थापन गर्दा धेरै स्थानमा पुग्नु पर्ने हुँदा पालो कुर्नुपर्ने, एउटामात्र शव नउठाउने र शव एकिकृत गरेरमात्र व्यवस्थापन हुने जस्ता समस्या देखेपछि आफुहरुले शव व्यवस्थापन कार्यमा लागेको बताए । ‘२-३ शव जम्मा गरेरमात्र सेनाले व्यवस्थापन गर्न लैजाने, मृत्युका कारण पिडामा परेका आफन्त लामो समय कुर्नु पर्ने जस्तो जनगुनासो आएपछि हामीले सेनालाईपनि सहज होस् भनेर शव ब्यवस्थापनमा हात बढायौं ।’ रोकाले भने ।

पार्टी हेडक्वाटरले देशभरका कार्यकर्तालाई कोरोना संक्रमितको सेवामा र उनीहरुको सहयोगमा जुट्न निर्देशन दिए अनुसार भैरहवामा नगर कमिटी परिचारलन भएको माओवादी रुपन्देहीका सचिव निर्मल जीसीले बताए । उनले शव व्यवस्थापन सेनाले निशुल्क गरेपनि गन्तब्यसम्म शव बोक्ने शव बहान र गाडीहरुले चर्को रकम असुल्न थालेपछि पार्टीले त्यसलाई न्युनिकरण गर्नका लागि पनि आफै खट्ने निर्णय गरेको जीसीले बताए । ‘संक्रमणबाट मृत्यु भएकाहरुको शव घाट सम्म शव पु¥याएको ४० देखि ६० हजार सम्म मागेको गुनासो आएपछि पार्टीले आफै एम्बुलेन्स र शव बहानका संचालकहरुसँग वार्ता गरेर न्युनतम शुल्क वा सकेसम्म लागतमुल्यमा सेवा दिने गरेका छौं ।’ जीसीले भने ।

नागरिकको जिवन रहे उनीहरुमाथिको राजनीति पछि गर्दा पनि हुन्छ, नागरिकको जिवन नै नरहे राजनीति गर्ने धरातल पनि रहन्न । रुपन्देहीको सिद्धार्थनगर भैरहवाका माओवादी कार्यकर्ताको जाँगरको अरुले पनि अनुशरण गर्दा फाईदा नै पुग्छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  १ : २५ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र