२० मंसिर २०८२, शनिबार | December 6, 2025

गण्डकी प्रदेशसभाबाट हटाइए जनमोर्चाका सांसद कृष्ण थापा



पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभामा रहेका आफ्ना सांसद कृष्ण थापाको पद खारेज गरेको छ । आजै बसेको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापालाई पदमुक्त गरेको पत्र प्राप्त भएको जानकारी गराएका छन् ।
प्रदेशसभा बैठकमा जानकारी गराएसँगै थापा औपचारिक रुपमा सांसदबाट पदमुक्त भएकाछन् ।

त्यसअघि जनमोर्चाको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले बागलुङ क्षेत्र नं. १ ‘क’ बाट निर्वाचित थापालाई सांसद पदबाट निस्काशन गर्ने निर्णय गरेको थियो । थापालाई सांसदबाट निस्काशन गर्न राजमोले संसद सचिवालयमा पत्र दर्ता गरेको थियो ।  राजमो महासचिव मनोज भट्ट र प्रदेश संसदीय दलका सचेतक पियारी थापाले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएकी हुन् ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा र त्यसपछि विपक्षी गठबन्धनका साझा उम्मेदवार कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गर्नुअघि थापाले पार्टी र संसदीय दलको निर्देशन अवज्ञा गरेका थिए । मुख्यमन्त्री गुरुङलाई पदमा टिकाइराख्न थापाले मुख्य भूमिका खेलेका थिए ।

थापा यसअघि प्रदेशसभा संसदीय दलका नेता थिए । तर दलको नेता भएर पनि दलकै निर्णय र निर्देशन उल्लंघन गरेपछि थापालाई राजमोले एकमहिना अघि दलको नेताबाट हटाएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  १ : १९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय