२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

बागलुङमा डेढ महिनामा ३३ जना कोरोना संक्रमितको मृत्यु



बागलुङ । कोरोनाको दोस्रो भेरियन्टका कारण बागलुङमा कोरोना सङ्क्रमण र मृत्युदर समेत गत वर्षको तुलनामा तेब्बरले बढेको छ । बागलुङको पछिल्लो तथ्याङ्कअनुसार डेढ महिनाको अवधिमा ३३ सङ्क्रमितको मृत्यु भएको छ । गत वर्षको कोरोनाको पहिलो लहरमा ११ जनाको मृत्यु भएको थियो ।

पहिलो लहरभन्दा दोस्रोमा बागलुङ निकै तीब्र गतिमा सङ्क्रमण र मृत्युदर बढेको धौलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बिक पोखरेलले जानकारी दिए । “पहिलो लहरभन्दा निकै खतरा रहेको भन्ने कुरा विश्व स्वास्थ्य सङ्गठनले नै भनिसकेको छ । धौलागिरिका चार जिल्लामध्ये पनि बागलुङमा मृत्युदर बढेको छ” डा. पोखरेलले भने, “कोरोना सङ्क्रमण बढ्दै गएपनि जटिल अवस्थाका बिरामी केही मात्रामा केही दिन यता घटेको देखिएको छ, अझै सचेतना अपनाउन जरुरी छ ।”

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जिल्लामा सङ्क्रमणको दर अझै नियन्त्रणमा नआएको बताउनुभयो । जिल्लामा निषेधाज्ञा, सचेतना, परीक्षण र उपचार प्रभावकारी रुपमा गर्दा समेत सङ्क्रमणको दर नघट्दा निषेधाज्ञा लम्ब्याउनु पर्ने अवस्था रहेको प्रजिअ कार्कीको भनाई थियो । जिल्लामा स्थानीय तह र नागरिक आफै जागरुक नभएसम्म कोरोना सङ्क्रमण नियन्त्रण नहुने कार्कीको भनाइ छ ।

अहिले जिल्लामा एक हजार ७० जना सक्रिय सङ्क्रमित पुगेको छ । यो सङ्ख्या जिल्लामा संक्रिय सङ्क्रमित अहिलेसम्मकै उच्च रहेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । जिल्लामा पछिल्लो समय निषेधाज्ञासमेत उल्लङ्घन भइरहेकाले कारण कोरोना सङ्क्रमण नघटेको नागरिकको गुनासो छ । बागलुङमा कोरोना सङ्क्रमण मुक्त हुनेको दर ७२ प्रतिशत रहेको छ । -रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  १ : ५५ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार