१८ असार २०८३, बिहिबार | July 3, 2026

ईश्वर पोखरेल उपप्रधानमन्त्रीबाट बाहिरिए, विष्णु पौडेल र रघुवीर महासेठ नयाँ उपप्रधानमन्त्री



काठमाडौं । जनता समाजवादी पार्टी जसपाको ठाकुर समुहलाई उपप्रधानमन्त्रीसहित सरकारमा भित्र्याएसँगै हालका उपप्रधानमन्त्री इश्वर पोखरेल मन्त्रीबाट हटेका छन् । पोखरेलसँगै एमालेका अन्य कैयौं मन्त्रीहरु पनि मन्त्रिपरिषद्बाट हटाइएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चार जनाबाहेक अन्य सबै मन्त्रीलाई हटाएर नयाँ मन्त्रीहरु नियुक्त गरेका छन् ।

नयाँ विस्तारित मन्त्रिपरिषद्बाट पोखरेल बाहिरिएका हुन् । पहिला उपप्रधानमन्त्रीसहित रक्षामन्त्री समेत रहेका पोखरेलको रक्षा मन्त्रायल प्रधानमन्त्री ओलीले आफैले खोसेर राखेका थिए । आफ्ना प्रिय पात्र समेत रहेका पोखरेल अब एमालेलाई आगामी चुनावमा फेरि पहिलो पार्टी बनाउने गरी संगठन निर्माणको काममा मात्रै ओलीले खटाउने भएका छन् ।

ईश्वर पोखरेल उपप्रधानमन्त्रीबाट बाहिरिएपछि ओलीले अर्थमन्त्री विष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएका छन् । महासेठले परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी पाएका छन् । महासेठ उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाइएका हुन् । यससँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्रीलाई ओलीले हटाएका हुन् ।

ओलीले हृदयस त्रिपाठीले नेतृत्व गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शेरबहादुर तामाङलाई लगेका छन् । २०७४ सालमा कानून मन्त्री बनाइएका तामाङलाई ओलीले ६ महिना नपुग्दै मन्त्रीपदबाट बर्खास्त गरेका थिए । पहिला एमालेको माधव समुहका सक्रिय नेता रहेका तामाङ पछिल्लो समय ओली निकट बनेपछि उनको प्रिय बनेका छन् । त्यसपछि ओलीले तामाङलाई पार्टी कार्यालय सचिवको जिम्मा दिएका थिए ।

पोखरेलसँगै वनमन्त्री प्रेम आले र महिला बालबालिकामन्त्री जुलीकुमारी महतोको पनि मन्त्री पद गएको छ । यी दुवै मन्त्रालय ठाकुर समुहले पाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ६ : २० बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले