१८ असार २०८३, बिहिबार | July 3, 2026

असंवैधानिक अभिव्यक्ति दिँदै महतोले गरे उपप्रधानमन्त्रीको पद बहाली



काठमाडौं । ओली सरकारको उपप्रधानमन्त्रीको पद बहालीसँगै जसपाबाट कारवाहीमा परेका नेता राजेन्द्र महतोले असंवैधानिक अभिव्यक्ति दिएका छन् । उपप्रधानमन्त्रीको सपथ खाएर पदबहाली गरे लगत्तै उनको पहिलो अभिव्यक्तिले संविधानको मर्ममाथि प्रहार गरेको छ । महतोले आफु सरकारमा सहभागी हुनुको मुख्य उद्देश्य नै देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु रहेको बताएका छन् । संविधानले अस्विकार गरेको बहुल राष्ट्रिय राज्यको बिषय उठाएर महतोले असंवैधानिक अभिब्यक्ति दिएका हुन् ।

पद बहाली लगत्तै उनले भनेका छन्, ‘हाम्रासामु दुईवटा कार्यभार छन् । एजेन्डालाई सम्बोधन गर्ने एउटा कार्यभार छ भने भविष्यको कार्यभार भनेको यो देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु हो ।’ संविधान निर्माणका बेला पनि मधेश केन्द्रीत दलहरुले यो मुद्दा उठाएका थिए, तर संविधानसभामा प्रतिनिधित्व गर्ने अधिकांस सदस्यहरुले अस्विकार गरेपछि यो मुद्दा स्वतः खारेज भएको थियो । संविधान जारी भएपछि पनि भारतले संविधान जारी भएको विषयलाई स्वागत नगर्नुको पछाडि यो पनि एउटा कारण थियो । ‘बहुल राष्ट्रिय राज्यका रुपमा नेपाललाई स्थापित गराउने हो । नेपाल एकल राष्ट्रिय राज्य होइन, बहुल राष्ट्रिय राज्य हो । पार्टीको मूल लक्ष्य यो रहेको छ ।’महतोले भनेका छन् ।

नेपालको संविधानले बहुल राष्ट्रियतथालाई अस्विकार गर्दै बिबिधतामा आधारित नेपाली राष्ट्रियता नै नेपालीको एकल साझा राष्ट्रियता भएको उल्लेख गरेको छ । “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायु भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।” संविधानको धारा ३ ले नेपालको राष्ट्रियतालाई यसरी ब्याख्या गरिएको छ ।

उपप्रधानमन्त्रीबाटै पदबहालीसँगै राष्ट्रिय अखण्डतामा विभाजन ल्याउने उद्घोष गरेपछि त्यसको राजनीतिकरुपमा बिरोधका स्वरहरुपनि सुनिन थालेका छन् । एमालेको नेपाल पक्षका नेता योगेश भट्टराईले महतोको भनाईले राम्रो संकेत नगरेको बताएका छन् । उनले संविधानले बिबिधतामा आधारित नेपाली राष्ट्रियता नै नेपालको राष्ट्रियता भएको उल्लेख गर्दै मन्त्रीको अभिब्यक्तिमा लगाम लगाउन प्रधानमन्त्रीलाई सुझाएका छन् ।

जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहबाट कारवाहीमा परेका नेता राजेन्द्र महतोको नेतृत्वमा उप्रधानमन्त्रीसहित ८ मन्त्री र २ राज्यमन्त्री गरी १० जनाको टोली ओली सरकारमा सहभागी भएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ८ : ३५ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले