४ पुस २०८२, शुक्रबार | December 19, 2025

मुख्यमन्त्री पोखरेलद्वारा बुटवल कोरोना विशेष(अस्थाई)अस्पतालको निरीक्षण



बुटवल । बुटवल उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा निर्माण भएको बुटवल कोरोना विशेष(अस्थाई)अस्पतालको मुख्यमन्त्री शंकर पोखरेलले निरीक्षण गर्नुभएको छ ।

त्यसक्रममा उहाँले अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापनका बारेमा चासो राख्नुभएको थियो । मुख्यमन्त्रीले सेवाप्रवाहलाई प्रभावकारी र सहज बनाउन र उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ढुक्क भएर काम गर्ने वातावरणको विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

मुख्यमन्त्रीसहित प्रदेश सरकारका स्वास्थ्य निर्देशक, विशेषज्ञहरु र प्राविधिकहरुले पनि निरीक्षण गर्नुभएको थियो । त्यसक्रममा बुटवलका प्रमुख तथा आइसोलेसन अस्पताल सञ्चालन एवम् समन्वय कार्यदलका संयोजक शिवराज सुवेदी र लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष तथा कार्यदलका सह–संयोजक सूर्यबहादुर भट्टराईले अस्पताल निर्माणका चरणका बारेमा जानकारी गराउनुभएको थियो ।

यसअघि विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले पनि आइसोलेसन अस्पतालको निरीक्षण गरेका थिए । उक्त संगठनका प्रतिनिधि डा.श्रूति नेपालको टोलीले आइतबार अपरान्ह आइसोलक कक्षको निरीक्षण गर्दै उपयुक्त रहेको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ४ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको