११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

तिब्बतको गुडविल फाउन्डेशनद्वारा नेपाललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग



काठमाडौं । चीनको तिब्बतमा रहेको सामाजिक संस्था गुडविल फाउन्डेसनले नेपालका लागि ५० वटा अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । गुडविल फाउन्डेशनका महासचिव मा झिजियानले आज ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई यी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

नेपालमा फैलिएको कोरोना भाइरसको दोस्रो महामारीविरुद्ध संयुक्त रुपमा लड्न चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्स्चेन्ज, सिल्क रोड एनजीओ कोअपरेशन नेटवर्क र गुडविल फाउन्डेशनद्वारा सुरु गरिएको ‘कोभिड–१९ सिल्क रोड कम्युनिटी विल्डिङ इनिसियटिभ’को पहलमा यी स्वास्थ्य सामाग्रीहरु सहयोग गरिएको हो । गुडविल फाउन्डेशनको अगुवाईमा चीनका गैरसरकारी संस्थाहरु र सहयोगी दाताहरुमार्फत संकलन गरिएका यी स्वास्थ्य सामाग्री नेपाली महावाणिज्यदूत नवराज ढकाललाई हस्तान्तरण गरिएको छ ।
गुडविल फाउन्डेशन र नेपाल चीन कैलाश कल्चर प्रमोशन एशोसिएसनले ५० वटा अक्सिजन कन्सट्रेटर सहयोग गरेका छन् । यसैगरी सिचुवान प्रान्तको लेसान शहरले लुम्बिनी विकास कोषलाई १० वटा कन्सट्रेटर सहयोग गरेको छ । लेसान शहरको लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकासँग भगिनी सम्बन्ध रहेको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण समारोहमा बोल्दै महावाणिज्य दूत ढकालले महामारी नियन्त्रणका लागि चीनबाट नेपाललाई भैरहेको निरन्तरको सहयोगप्रति आभार व्यक्त गरे । ढकालले सयौंवर्षदेखि नेपाल र चीनबीच मित्रवत सम्बन्ध रहेको स्मरण गर्दै गुडविल फाउन्डेशन र नेपाललाई माया गर्ने अन्य संस्थाहरुको सराहना गरे । चीन र नेपालले एकआपसलाई सधैंभर हरेक अप्ठेरोका सहयोगी बनेको बताए । ढकालले भने, ‘जनवादी गणतन्त्र चीन सरकार र तिब्बत स्वायत्त सरकारलगायत अन्य सहयोगी गैरसरकारी संस्थाहरुले नेपालको महामारी नियन्त्रणका लागि काँधमा काँध मिलाएका छन् ।’

त्यसअवसरमा गुडविल फाउन्डेशनका निर्देशक मा ले नेपाल एक्लै नभएको जिकिर गरे । नेपाललाई संकट पर्दा चिनियाँ जनताले सधैंभर साथ दिने उनले प्रतिद्धता व्यक्त गरे । मा ले भने, ‘हामीबीच रहँदै आएको मित्रवत भाइचारा सम्बन्ध आगामी पिढीसम्म पनि जीवन्त रहनेछ । यो सम्बन्धलाई मजबुद बनाउन दुवै पक्ष मिलेर अघि बढ्नु पर्दछ । नेपाललाई आइपर्ने सबै संकटको सामना गर्न हामी सधैंभर तत्पर रहनेछौं ।’
यो सहयोग गुडविल फाउन्डेशनको ‘फाइट अगनेष्ट कोभिड १९, यू आर न अलोन’को एक हिस्सा हो । महावाणिज्य दूतावासलाई हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्री ल्हासाबाट सडकमार्गहुँदै काठमाडौंका लागि आजै पठाइसकिएको छ ।

फाउन्डेशनले गत वर्ष पनि नेपालमा २ लाख ३० हजार मेडिकल मास्क सहयोग गरेको थियो । यसैगरी, काठमाडौं, जनकपुर लगायतका विभिन्न स्थानमा हात धुने केन्द्रको स्थापना गरेको थियो । फाउन्डेशनले यसअघि नेपालमा कैयौं कल्याणकारी कार्य गर्दै आएको छ । नेपाली बेरोजगार युवालाई विभिन्न सिपमुलक प्रशिक्षण दिएर स्वरोजगारमा उत्प्रेरित गर्ने काममा फाउन्डेसनले सहयोग गरेको छ । २०७२ सालको विनाशकारी भूकम्पबाट पीडित बालबालिको शैक्षिक स्तरोन्नती गर्नका लागि पनि फाउन्डेसनले विभिन्न कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ५ : २४ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा