३ पुस २०८२, बिहिबार | December 18, 2025

काठमाडौंमा उपप्रधानमन्त्री महतोको पुत्ला दहन, दर्जन बढी विधार्थी नेता प्रकाउ



काठमाडौं । नेपाललाई टुक्राउने अभिव्यक्ति दिएको भन्दै माधव नेपाल निकट अनेरास्ववीयुले उपप्रधानमन्त्री एवं सहरी सहरी विकास मन्त्री राजेन्द्र महतोको पूत्ला दहन गरेका छन् ।

शनिबार काठमाडौंको नयाँ बानेश्वरमा माधव नेपाल निकट अनेरास्ववीयुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा बिद्यार्थीहरुले महतोको पुत्ला दहन गरेका हुन् ।

शुक्रवार उपप्रधानमन्त्री पदमा नियुक्त भएपछि महतोले नेपाल एकल राज्य हुन नसक्ने विवादित अभिव्यक्ति दिएपछि आलोचित बनेका छन् । महतोले पदभार ग्रहण गर्दै बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्तिको आन्दोलनको तयारी गरिरहेको बताएका थिए ।

यस्तै शनिबार जसपाको महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रमपछि उपप्रधानमन्त्री महतोले भने, ‘नेपाल त बहुल राष्ट्रिय राज्य छँदै हो नि ।’ नेपाल विभिन्न जातीय, वर्ग समुदायको विविधता भरिएको भन्दै उनले भने, ‘बहुलता भनेको त्यही हो, त्यसैले बहुल राष्ट्रिय राज्य भनेको हो ।’ बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानून, संविधान र सहभागिता हुनुपर्ने आफूहरुको मत रहेको उनको भनाई छ । यसमा विवाद गर्नुको कुनै अर्थ नभएको भदै महतोले भने, ‘बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय होइन । सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहन्छ ।’

पुत्ला जलाउनेले क्रममा सत्तारुढ एमाले निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामासहित दर्जन बढी विधार्थी नेता प्रकाउ परेका परेका छन् । टेपेन्द्रजंग शाही, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चपागाई, अमर पुन, हर्क बम, लक्ष्मी क्षेत्री, आकाश खनाल, मानबहादुर बुढालगायत पनि पक्राउ परेका छन ।

उनीहरुलाई प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लब राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ८ : ४९ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन