६ पुस २०८२, आइतबार | December 21, 2025

अब पार्टी काममा समर्पित हुन्छु : महासचिव पोखरेल



काठमाडौं । उपप्रधानमन्त्रीबाट हटाइएका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अब आफु पार्टीको काममा संलग्न हुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै महासचिव पोखरेलले उपप्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिएपछि पार्टीको काममा चुनौतीको सामना गर्न थप सक्रिय हुने बताएका हुन् ।

उपप्रधानमन्त्री र रक्षामन्त्री समेत रहेका पोखरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले पहिला रक्षामन्त्रीबाट हटाएका थिए । त्यसपछि सीसीएमसीको नेतृत्व सम्हालेका पोखरेललाई त्यहाँबाट पनि हटाउँदै अन्त्यमा उपप्रधानमन्त्रीबाटै हटाएका छन् । पोखरेलले भने प्रधानमन्त्रीसँग सल्लाह गरेर नै आफु सरकारबाट बाहिरिएको जिकिर गरेका छन् । अब कसरी अघि बढ्ने भन्ने बारे अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुराकानी भएको जनाउँदै उनले सोहिअनुसार अघि बढ्ने बताएका छन्। ‘उहाँसँग यस सम्वन्धमा कुराहरू भएका छन्। उहाँले मलाई परिस्थितिको गम्भीरताबारे बताउँदै आउनुभएको पनि छ र मैले उहाँको अन्तरआशयलाई राम्ररी बुझ्ने प्रयत्न पनि गर्दै आएको छु,’ उनले उल्लेख गरेका छन् ।

महासचिव पोखरेलले पार्टीभित्रको एकतामा सङ्कट देखापरेकाले यसबाट जोगाउन आग्रह पनि गरेका छन् । मुलुकलाई अराजकता र अस्तव्यस्ततातर्फ धकेल्ने, सामाजिक सद्भावलाई बिथोल्ने आदि दुष्प्रयत्न भैरहेको दाबी गर्दै पोखरेलले भनेका छन्, “यस्तो बेलामा सिङ्गो राष्ट्रले आम नेपाली जनताप्रति सुदृढ र जनआधारित एमालेप्रति आशा गरेको कुरालाई बुझ्न सकिन्छ, यो आवश्यकतालाई पूरा गर्ने चुनौतीपूर्ण उद्देश्यद्वारा निर्देशित हुनुपर्ने छ, यसका लागि पार्टीका सबै नेता, कार्यकर्ता, समर्थकलाई गोलबद्ध हुन अनुरोध गर्दछु ।”

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १२ : १६ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)