२० मंसिर २०८२, शनिबार | December 6, 2025

बाँकेमा थपियो जेठ ३१ गते सम्म निषेधाज्ञा, कार्यान्वयन भने फितलो



नेपालगन्ज । कोरोना महामारी नियन्त्रण तथा रोकथामलाई भन्दै बाँकेमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागिथपिएको छ । बैशाख ८ देखि नेपालगन्ज उपमहानगरबाट र १३ गतेदेखि बाँके जिल्ला भर जारी गरिएको निषेधाज्ञा आज राती १२ बजे सम्मका लागि आदेश गरिएको थियो । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा जेठ ३१ गते राति १२ बजेसम्मका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आदेश जारी गरेका छन् ।

जिल्लामा कोभिड–१९ संक्रमणको दरमा केहि कमी आएपनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक साता बढाइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको आदेशमा उल्लेख छ । निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा निषेध गरिएको छ । आदेशमा बन्दहुने केहि सेवाहरुलाई खुकुलो बनाईएपनि बाँकी सबै पूर्ववत बन्द गरिने आदेशमा उल्लेख गरिएको छ । दैनिक उपभोग्य समाग्रीका पसलहरुको समयावधी बढाएर १२ बजे सम्म बनाईएको छ भने बैंक तथा बिमा, बीउ विजन, कृषि औजार, बिषादीका पसल, निर्माण सामग्री पाइने पसल भने सिमित कामदार राखेर स्वास्थ्य मापदण्ड अपनाएर खोल्न पाइने सुचनामा उल्लेख छ ।

बाँकेमा निषेधाज्ञा बढाइए पनि कागजमा मात्र कार्यान्वयन देखिएको छ । जिल्लाका अधिकाँस स्थानहरुमा निषेधाज्ञाको कुनै प्रभाव रहेको छैन ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ५ : ०५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय