२१ चैत्र २०८२, शनिबार | April 4, 2026

योगेशको ठहर : एमालेको एकता समस्याको मुल जड – ओली, खनाल र नेपाल



काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी विवादको मूल जड नेतृत्व पंक्तिमा रहेका मुख्य तीन नेता भएको दाबी गरेका छन् ।

माधव झलनाथ पक्षका भनिएका नेता भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै एमाले एकताको मूल समस्याको मूल जड अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमारनेपाल भएको जिकिर गरेका हुन् ।

भट्टराईले अन्य दलसँग साझेदारी गर्न तयार हुने शीर्ष नेतृत्व आफ्नै नेताहरुसँग गम्भीर छलफल र साझा निस्कर्ष निकाल्न तयार नहुनेभन्दै आश्चर्य जनाएका छन् । उनले कसले किन र के कालागि यो सब गरेको भन्दै प्रश्न समेत गरेका छन् । एमाले एकताको समस्याको जड यही भएको उनको भनाइ छ ।

उनले भनेका छन्, – ‘कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।

कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।

कस्ले, किन र के का लागि गर्दैछ यो सब ? एमाले एकताको समस्याको मुल जड यहिं छ ।’

नेता भट्टराईले यस विषयमा नेताहरुबीच गम्भिर छलफल गरी साझा निस्कर्षका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी रहेको उल्लेख गरेका छन् ।

 

नेता भट्टराई नेपालपक्ष भित्र जुनसुकै शर्तमा एमाले विभाजन हुनु हुँदैन भन्ने मध्यएका एक नेता हुन् । उनले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरिएको राष्ट्रपतिको समावेदन र सर्वोच्चको रिट दुबैमा हस्ताक्षर गरेका छैनन् । तर नेपाल पक्षबाट आउने सबै साझा विज्ञप्तिमा भने भट्टराईको हस्ताक्षर रहँदै आएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ९ : १५ बजे

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ

तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

बिर्तामोड । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौं । वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हालेकोमा अष्ट्रेलियाले

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र