२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

प्रतिनिधिसभा विघटन मुद्दा : सर्वोच्चले दिएन अन्तरिम आदेश, असार ९ गतेदेखि निरन्तर सुनुवाइ



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्चको संवैधानिक इजलासले मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्नेभएको छ । प्रधानन्यायाधीस नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले राष्ट्रपति कार्यालय, प्रधामन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको छ ।

सार ९ गतेदेखि सांसदहरुको रिटलाई प्राथमिकतामा राखेर निरन्तर सुनुवाइ हुनेभएको छ । शेरबहादुर देउवासहित १४६ जना सांसदहरुको निवदेनले अन्य निवेदनलाई समेत प्रभावित पार्ने भएका कारण सोही रिट निवेदनलाई प्राथमिकता दिएर सुनुवाइ हुनेभएको हो ।

रिट निवेदकहरुले संविधानको धारा ७६ को उपाधारा ५ अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै अन्तरिम आदेश माग गरेका थिए ।

संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ४ : ०० बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ