२७ श्रावण २०८३, बुधबार | August 12, 2026

कोरोना महामारी नियन्त्रणमा नेपालको प्रयासलाई पाकिस्तानको समर्थन



इस्लामावाद । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले कोरोना भाइरसको नियन्त्रणमा नेपालले चालेका कदमप्रति समर्थन जनाएका छन् ।

इस्लामावादस्थित आफ्नै कार्यालयमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग छलफल गर्दै विदेशमन्त्री कुरैशीले महामारी नियन्त्रणमा नेपालले चालेका सबै कदममा समर्थन रहेको जनाएका हुन् ।

कुरैशीले कोरोना भाइरसको महामारीका कारण नेपालले व्यहोर्नुपरेको संकटमा दुःख व्यक्त गर्दै महामारीबाट ज्यान गुमाउनेहरुप्रति समवेदना प्रकट गरेको पाकिस्तानी विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसअवसरमा नेपाल र पाकिस्तान बीचको दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ । विदेशमन्त्री कुरैशीले आपसी हितका सबै पक्षमा सहयोग बढाउने विषयमा धारणा राखेका थिए ।

विदेशमन्त्री कुरैशीले हालै नियुक्त परराष्ट्रमन्त्री रघुवीर महासेठलाई बधाई एवं शुभकामना समेत दिएका छन् ।

कुरैशीले कोरोना महामारीका कारण नेपालमा फसेका पाकिस्तानी नागरिकलाई उद्दार गरेर गत ३१ मे मा स्वदेश फिर्ता गर्न सहयोग गरेकोमा नेपाललाई धन्यवाद दिएका छन् ।

जवाफमा राजदूत अधिकारीले दुईपक्षीय सम्बन्धलाई अझ गहिरो बनाउने बताएका छन् । उनले कोरोना सम्बन्ध सहयोग गरेकोमा पाकिस्तान सरकारलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  १० : ०७ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको