२१ मंसिर २०८२, आइतबार | December 7, 2025

२५ सदस्यीय बन्यो ओली मन्त्रिपरिषद्; तीन उपप्रधानमन्त्री, १८ मन्त्री, ३ राज्यमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

आफ्नो कार्यकालमा सबैभन्दा धेरै पटक मन्त्रिपरिषद् विस्तार, पुनर्गठन गरेर नाम बनाएका ओलीले बिहीबार पुनः विस्तार गरेका हन् ।

ओलीले आज सात जना मन्त्री र एक राज्यमन्त्री थपेर आफ्नो मन्त्रिपरिषद् २५ सदस्यीय बनाएका छन् । २५ सदस्यीय मन्त्रिपरिष्मा तीन जना उपप्रधानमन्त्री बनाइएका छन् भने १८ मन्त्री रहेका छन् । यस्तै तीन राज्यमन्त्री बनाइएको छ । संविधानअनुसार मन्त्रिपरिषद २५ जना भन्दा बढी बन्न पाउँदैन ।

ओलीको पछिल्लो मन्त्रिपरिषद्मा सबैभन्दा धेरै जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षका रहेका छन् । ओलीले ठाकुर पक्षका ११ जनालाई मन्त्री बनाइदिएका छन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको नेतृत्वमा मन्त्रिपरिषद्को कार्यविभाजन गरेको जनाएको छ ।
मौजुदा मन्त्रिपरिषद्मा संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्रि, हेरफेर र कार्यविभाजन भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  २ : ५८ बजे

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले

३३ वर्षिया महिला बलात्कार आरोपमा ३० वर्षिय शाही पक्राउ

कोहलपुर । बाँके प्रहरीले जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौँ । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी

अन्तिम खेलमा कर्णाली याक्सको विजय, जनकपुर बोल्ट्स ४ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग