३१ भदौ २०८३, बुधबार | September 16, 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विश्वासको मत हासिल गर्न असफल



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएका छन् ।

गण्डकी प्रदेशसभामा आज भएको मतदानमा मुख्यमन्त्री गुरुङको पक्षमा जम्मा २७ मत परेको छ । विपक्षमा ३० मत परेको छ ।

६० सदस्यीय प्रदेशसभामा विश्वासको मत हासिल गर्न ३१ मतको आवश्यकता पर्दछ । मुख्यमन्त्री गुरुङले आफ्नो दल एमालेको २७ मत मात्र परेको छ ।

विपक्षमा कांग्रेसको १५, माओवादी केन्द्रको ११, जनता समाजवादी पार्टी जसपाको २ र राष्ट्रिय जनमोर्चाको २ मत परेको छ ।

बैठकमा सभामुखसहित ५८ जना उपस्थित भएकोमा ५७ जनाले मात्र मतदान गरेका छन् । मतदानमा जनमोर्चाका सांसद कृष्ण थापा र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) अनुपस्थित भए ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न असफल भएसँगै  तीन वर्षदेखि नेतृत्व गर्दै आएको एमालेको सरकार ढलेको छ ।

अब प्रदेशमा नयाँ सरकार बनाउनका लागि संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश प्रमुखले आह्वान हुनेछ । सो उपधारा अनुसार कुनै पनि सांसदलेले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेशप्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्नेछ । यदि त्यसरी पनि बहुमत पुग्न सकेन भने उपधारा ७ अनुसार नयाँ निर्वाचनको घोषणा हुनेछ ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ५ : ५९ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।