३१ भदौ २०८३, बुधबार | September 16, 2026

जनमोर्चा सांसद कृष्ण थापा फेरि पदमुक्त



पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन् ।

जनमोर्चाले सांसद थापालाई पदमुक्त गरेको सूचना प्रदेशसभा सचिवालयलाई पठाएको पत्र सभामुख नेत्रनाथ अधिकारीले संसद बैठकलाई पढेर सुनाएका छन् । जनमोर्चाले थापालाई राजनीति दलसम्बन्धी ऐन २०७३ दफा ३५ को उपदफा १ अनुसार कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो । ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो लिएको विश्वासको मतको विपक्षमा मतदान गर्न राजमो संसदीय दलले लगाएको ह्वीप उल्लंघन गर्दै थापा तटस्थ बसेका थिए । दलको ह्वीप उल्लंघन गरेको अभियोगमा थापामाथि कारवाही गरिएको हो । थापामाथि यसअघि भएको कारवाहीलाई सर्वोच्च अदालतको अन्तरिम आदेशले रोकेको थियो ।

थापालाई कारवाही गरेको पत्र सुनाएसँगै प्रदेश सभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । एमालेका सचेतक मायानाथ अधिकारीले मन्त्रीको अनुपस्थितिमा बैठक संचालन हुन नसक्ने भन्दै प्रश्न उठाएपछि सभामुखले आइतबारसम्म बैठक स्थगित गरेका हुन् । आजको बैठकमा कुनै पनि मन्त्री उपस्थित थिएनन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  १२ : ३३ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।