१७ माघ २०८२, शनिबार | January 31, 2026

अस्ट्रेलियाविरुद्ध नेपालको शुरुवाती ११ सार्वजनिक



काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ छनोटको समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियाको सामना गर्न नेपालले सुरुवाती-११ खेलाडीको घोषणा गरेको छ ।

टोलीमा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ४ खेलाडी परिवर्तन गरेका छन् । अन्जन विष्ट, दीनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेन्चमा रहेका छन् भने विशाल राई र एरिक विष्ट मिडफिल्डमा आउँदा डिफेन्समा गौतम श्रेष्ठ र आक्रमणमा नवयुग श्रेष्ठ सुरुवाती टोलीमा परेका छन् ।

यस्तो छ टोली

गोलकिपर-किरण चेम्जोङ

डिफेन्डर-रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल

मिडफिल्डर-पुजन उपरकोटी, एरिक विष्ट, विशाल राई

फरवार्ड-नवयुग श्रेष्ठ , सुमन लामा, सुनिल बल

खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ । नेपाल आजको खेलमा एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियालाई रोक्ने प्रयासमा छ भने अष्ट्रेलिया सहज जितको खोजीमा छ ।

नेपाल विश्वकप छनोटमा अघि बढ्ने सम्भावना सकिएपनि एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने प्रयासमा छ । यस्तै, पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ८ : ४९ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक