२७ श्रावण २०८३, बुधबार | August 13, 2026

विश्वकप फुटबल छनोट : १० खेलाडीमा सिमित नेपाल अस्ट्रेलियासँग ३-० गोलले पराजित



काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल एसियाली ‘पावर हाउस’ अस्ट्रेलियासँग ३-० गोलले पराजित भएको छ ।

कुवेतको ‘जबर अल-अहमद अन्तराष्ट्रिय रंगशाला’मा १० खेलाडीमा सिमित नेपाल र ५ पटक विश्वकप फुटबल खेलिसकेको अस्ट्रेलिया बिच भएको खेलमा नेपालले राम्रो डिफेन्डिङ गर्यो ।

पहिलो हाफको ६औं मिनेटमा नै अस्ट्रेलियाले खेलमा अग्रता लिएको थियो । ‘फुल ब्याक’ अजीज बेहिचको क्रसमा कप्तान म्याथ्यु लेकीले हेडर गोल गर्दा अस्ट्रेलियाले खेलमा अग्रता लिन सफल भएको थियो । त्यसपछि पहिलो हाफको अधिकांश समय राम्रो डिफेन्डिङको नमुना प्रस्तुत गरेको नेपालले ३८ औं मिनेटमा दोस्रो गोल खान पुग्यो । यसपाली कप्तान लेकीको पासमा डिफेन्डर फ्रान काराचिचले गोल गर्दै अस्ट्रेलियाको अग्रतालाई दोब्बर बनाएका थिए ।

नेपालको दुःख पहिलो हाफको अन्तिम मिनेटमा अझै बढ्यो । ४५ औं मिनेटमा नेपालका प्रमुख डिफेन्डर रोहित चन्दले अस्ट्रेलियाका स्ट्राइकर मार्टिन बोइललाई फल गर्न पुग्दा ओमानका रेफ्रीले रोहितलाई सोझै रातो कार्ड देखाए । १० खेलाडीमा सिमित नेपाली टोलीलाई बलियो टोली अस्ट्रेलियाविरुद्ध दोस्रो हाफको खेल निकै चुनौतीपूर्ण रहने निश्चित थियो। तर १० खेलाडीमा सिमित रहँदा पनि नेपालले अस्ट्रेलियाविरुद्ध दोस्रो हाफमा राम्रो डिफेन्डिङ गर्यो ।

यद्यपि खेलको ५७ औं मिनेटमा अष्ट्रेलियाका स्ट्राइकर मार्टिन डोइलले अस्ट्रेलियाको अग्रतालाई तेब्बर बनाए । उनले ज्याक्सन इरविनको पासमा ‘टो पोक’ गोल गर्दा अस्ट्रेलियाले खेलमा ३-० गोलको अग्रता लिएको हो ।

खेलको अधिकांश समय अस्ट्रेलियाको टोलीले बल पोसेसनमा हैकम जमाउन सफल भयो । लगभग ७० प्रतिशत पोसेसन आफ्नो पक्षमा पारेको अस्ट्रेलियाले खेलमा कुल २८ शट प्रहार गर्यो । कप्तान किरण चेम्जोङले खेलमा उत्कृष्ट बचाउहरु गरे । अस्ट्रेलियाले १२ शट अन टार्गेटमा प्रहार गर्दा किरणले खेलमा ९ सेभ गरेका थिए ।

नेपालका लागि ६१ औं मिनेटमा मैदान प्रवेश गरेका मनिष डाँगीले केही अवसरहरु सिर्जना गर्ने प्रयास गरे । तर विश्व वरियतामा ४१ औं स्थानमा रहेको अस्ट्रेलियाको अगाडि नेपालले फलदायी अवसर बनाउन भने सकेन । नेपालका लागि आयुष घलान, सुरज जिउ ठकुरी र कमल थापाले डेब्यू गरे । खेलको ९० औं मिनेटमा नेपालका युवा खेलाडीहरुले डेब्यू गर्ने मौका पाएका हुन् ।

एसियाली पावर हाउस अस्ट्रेलियाविरुद्ध नेपालले पहिलो लेगमा ५-० को हार बेहोरेको थियो । आजको खेलमा भने नेपालले राम्रो खेल खेलेको देखियो । नेपाली टोलीको ‘जोनल डिफेन्डिङ’मा निकै परिवर्तन आएको पनि देखियो ।

यसैबिच अस्ट्रेलियाविरुद्धको यो खेल नेपाली खेलाडीहरुका लागि अविस्मरणीय रहने पक्का रहेको छ । अझै ४५ मिनेट भन्दा बढीको समय १० खेलाडीमा सिमित रहेको नेपाली टोलीले स्मरणीय अनुभव प्राप्त गरेको छ । अस्ट्रेलियाविरुद्धको यस खेलले नेपाली टोलीलाई नयाँ ऊर्जा र आत्मविश्वास प्रदान गर्नेछ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ६ : १८ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको