२० बैशाख २०८१, बिहिबार | May 2, 2024

विश्वकप फुटबल छनोट : १० खेलाडीमा सिमित नेपाल अस्ट्रेलियासँग ३-० गोलले पराजित



काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल एसियाली ‘पावर हाउस’ अस्ट्रेलियासँग ३-० गोलले पराजित भएको छ ।

कुवेतको ‘जबर अल-अहमद अन्तराष्ट्रिय रंगशाला’मा १० खेलाडीमा सिमित नेपाल र ५ पटक विश्वकप फुटबल खेलिसकेको अस्ट्रेलिया बिच भएको खेलमा नेपालले राम्रो डिफेन्डिङ गर्यो ।

पहिलो हाफको ६औं मिनेटमा नै अस्ट्रेलियाले खेलमा अग्रता लिएको थियो । ‘फुल ब्याक’ अजीज बेहिचको क्रसमा कप्तान म्याथ्यु लेकीले हेडर गोल गर्दा अस्ट्रेलियाले खेलमा अग्रता लिन सफल भएको थियो । त्यसपछि पहिलो हाफको अधिकांश समय राम्रो डिफेन्डिङको नमुना प्रस्तुत गरेको नेपालले ३८ औं मिनेटमा दोस्रो गोल खान पुग्यो । यसपाली कप्तान लेकीको पासमा डिफेन्डर फ्रान काराचिचले गोल गर्दै अस्ट्रेलियाको अग्रतालाई दोब्बर बनाएका थिए ।

नेपालको दुःख पहिलो हाफको अन्तिम मिनेटमा अझै बढ्यो । ४५ औं मिनेटमा नेपालका प्रमुख डिफेन्डर रोहित चन्दले अस्ट्रेलियाका स्ट्राइकर मार्टिन बोइललाई फल गर्न पुग्दा ओमानका रेफ्रीले रोहितलाई सोझै रातो कार्ड देखाए । १० खेलाडीमा सिमित नेपाली टोलीलाई बलियो टोली अस्ट्रेलियाविरुद्ध दोस्रो हाफको खेल निकै चुनौतीपूर्ण रहने निश्चित थियो। तर १० खेलाडीमा सिमित रहँदा पनि नेपालले अस्ट्रेलियाविरुद्ध दोस्रो हाफमा राम्रो डिफेन्डिङ गर्यो ।

यद्यपि खेलको ५७ औं मिनेटमा अष्ट्रेलियाका स्ट्राइकर मार्टिन डोइलले अस्ट्रेलियाको अग्रतालाई तेब्बर बनाए । उनले ज्याक्सन इरविनको पासमा ‘टो पोक’ गोल गर्दा अस्ट्रेलियाले खेलमा ३-० गोलको अग्रता लिएको हो ।

खेलको अधिकांश समय अस्ट्रेलियाको टोलीले बल पोसेसनमा हैकम जमाउन सफल भयो । लगभग ७० प्रतिशत पोसेसन आफ्नो पक्षमा पारेको अस्ट्रेलियाले खेलमा कुल २८ शट प्रहार गर्यो । कप्तान किरण चेम्जोङले खेलमा उत्कृष्ट बचाउहरु गरे । अस्ट्रेलियाले १२ शट अन टार्गेटमा प्रहार गर्दा किरणले खेलमा ९ सेभ गरेका थिए ।

नेपालका लागि ६१ औं मिनेटमा मैदान प्रवेश गरेका मनिष डाँगीले केही अवसरहरु सिर्जना गर्ने प्रयास गरे । तर विश्व वरियतामा ४१ औं स्थानमा रहेको अस्ट्रेलियाको अगाडि नेपालले फलदायी अवसर बनाउन भने सकेन । नेपालका लागि आयुष घलान, सुरज जिउ ठकुरी र कमल थापाले डेब्यू गरे । खेलको ९० औं मिनेटमा नेपालका युवा खेलाडीहरुले डेब्यू गर्ने मौका पाएका हुन् ।

एसियाली पावर हाउस अस्ट्रेलियाविरुद्ध नेपालले पहिलो लेगमा ५-० को हार बेहोरेको थियो । आजको खेलमा भने नेपालले राम्रो खेल खेलेको देखियो । नेपाली टोलीको ‘जोनल डिफेन्डिङ’मा निकै परिवर्तन आएको पनि देखियो ।

यसैबिच अस्ट्रेलियाविरुद्धको यो खेल नेपाली खेलाडीहरुका लागि अविस्मरणीय रहने पक्का रहेको छ । अझै ४५ मिनेट भन्दा बढीको समय १० खेलाडीमा सिमित रहेको नेपाली टोलीले स्मरणीय अनुभव प्राप्त गरेको छ । अस्ट्रेलियाविरुद्धको यस खेलले नेपाली टोलीलाई नयाँ ऊर्जा र आत्मविश्वास प्रदान गर्नेछ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ६ : १८ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य