२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

विवादास्पद अभिव्यक्तिबारे आत्मालोचना गर्न र माफी माग्न सांसद बैद्यलाई कांग्रेसको निर्देशन



काठमाडौं । वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यलाई उनी आवद्ध पार्टी नेपाली कांग्रेसले सार्वजानिक आत्मालोचना गर्न निर्देशन दिएको छ ।

बागमती प्रदेशसभाका वैद्यले व्यक्त गरेको भनाईको चौतर्फी विरोध भएपछि आत्मालोचना गर्न कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निर्देशन दिएका हुन् ।

बैद्यको अभिव्यक्तिको सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ । उनले सार्वजनिक रुपमा यो अभिव्यक्ति फिर्ता लिन र उनलाई पक्राउ गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले माग गरेका छन् ।

कांग्रेस प्रवक्ता शर्माले सांसद वैद्यलाई गरेको निर्देशनमा सत्तारुढ दललाई ब्यङग पनि मिसाएका छन् । ‘आवेगको बोलि र ब्यवहार “भावनात्मक उत्तेजना” भनेर उन्मुक्ति हुन्न ।’ शर्माले भनेका छन् ।

नेपालगन्जमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि साँघातिक आक्रमण भएपछि राष्ट्रपति विद्या भण्डारीले ट्वीट गर्दै आक्रमणकारीले ‘भावनात्मक उत्तेजना’मा आएर आक्रमण गरेको टिप्पणी गरेकी थिईन् । शर्माले प्रधानमन्त्री केपी ओलीमाथि पनि ब्यङ्ग गर्दै तर्कले आपत्तिजनक शब्द छोप्ने कांग्रेसको परम्परा नभएको समेत बताएका छन् । प्रधानमन्त्री ओलीलाई आफ्ना हरेक कमजारीलाई तर्क गरेर सत्य सावित गर्न खोज्ने नेताकारुपमा पनि लिने गरिएको छ ।

‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न । आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन,’ शर्माले ट्वीट गरेका छन् ।

शुक्रबार बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको बताएका थिए । नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए ।

‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ।’ उनले प्रदेशसभाको बैठकमा भनेका थिए । उनले आवश्यक परे आफैँ पनि गोड्से बन्न तयार रहेको समेत बताएका थिए ।

वैद्य काठमाडौं क्षेत्र नं. ४ (क)बाट बाग्मती प्रदेशसभामा निर्वाचित सांसद हुन् । उनी पशुपति क्षेत्र विकास कोषको पूर्व कोषाध्यक्षसमेत हुन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ७ : ३८ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात