१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

प्रधानमन्त्री ओली विरुद्ध सांसद वैद्यको अभिव्यक्ति आपराधिक, आपत्तिजनक : एमाले



काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसका बागमती प्रदेशसभा सांसद नरोत्तम बैद्यको प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति आपराधीक भएको टिप्पणी गरेको छ ।

एमालेले शनिबार विज्ञप्ति प्रकाशित गर्दै वैद्यले प्रधानमन्त्रीको हत्या गर्नेबारे दिएको अभिव्यक्ति आपराधिक, आपत्तिजनक र निन्दनीय भएको जनाएका छन् ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सांसद वैद्यले प्रधानमन्त्रीको हत्या गर्न अरुलाई दुरुत्साहन गरेको र आवश्यक परे आफै हत्याको लागि तयार रहेको अभिव्यक्तिको भत्र्सना गरेका छन् । ज्ञवालीले विज्ञप्ति वैद्यको अभिव्यक्तिलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाएको जनाउँदै भनेका छन्, – ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।’

उक्त अभिव्यक्तिको भत्र्सना गर्दै ज्ञवालीले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानून समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’

कांग्रेस सांसद वैद्यले शुक्रबार प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाथुराम गोड्से बनेर प्रधानमन्त्रीको हत्या गर्नुपर्ने आपत्तिजनक अभिव्यक्ति दिएका थिए । वैद्यको अभिव्यक्तिको सर्वत्र विरोध भैरहेको छ ।

भारतबाट पाकिस्तान बन्न दिएको आरोप लगाउँदै नाथुराम गोड्सेले भारतमा महात्मा गान्धीको हत्या गरेका थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  १० : १४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले