३१ भदौ २०८३, बुधबार | September 16, 2026

प्रधानमन्त्री ओली विरुद्ध सांसद वैद्यको अभिव्यक्ति आपराधिक, आपत्तिजनक : एमाले



काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसका बागमती प्रदेशसभा सांसद नरोत्तम बैद्यको प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति आपराधीक भएको टिप्पणी गरेको छ ।

एमालेले शनिबार विज्ञप्ति प्रकाशित गर्दै वैद्यले प्रधानमन्त्रीको हत्या गर्नेबारे दिएको अभिव्यक्ति आपराधिक, आपत्तिजनक र निन्दनीय भएको जनाएका छन् ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सांसद वैद्यले प्रधानमन्त्रीको हत्या गर्न अरुलाई दुरुत्साहन गरेको र आवश्यक परे आफै हत्याको लागि तयार रहेको अभिव्यक्तिको भत्र्सना गरेका छन् । ज्ञवालीले विज्ञप्ति वैद्यको अभिव्यक्तिलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाएको जनाउँदै भनेका छन्, – ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।’

उक्त अभिव्यक्तिको भत्र्सना गर्दै ज्ञवालीले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानून समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’

कांग्रेस सांसद वैद्यले शुक्रबार प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाथुराम गोड्से बनेर प्रधानमन्त्रीको हत्या गर्नुपर्ने आपत्तिजनक अभिव्यक्ति दिएका थिए । वैद्यको अभिव्यक्तिको सर्वत्र विरोध भैरहेको छ ।

भारतबाट पाकिस्तान बन्न दिएको आरोप लगाउँदै नाथुराम गोड्सेले भारतमा महात्मा गान्धीको हत्या गरेका थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  १० : १४ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।