१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

प्रधानमन्त्रीको हत्या गर्ने षड्यन्त्रभित्र को को छन् खोजिन्छ : महेश बस्नेत



भक्तपुर । नेकपा (एमाले)का नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न सरकारसँग माग गरेका छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीतको भएको भन्दै कारवाही गर्न माग गरेका हुन् ।

बस्नेतले नेपाली कांग्रेसकै मिलीभगतमा महात्मा गान्धिलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कतै कुनै कुनामा बनिरहेको त छैन भन्दै वैद्यको अभिव्यक्तिलाई क्षणिक आक्रोशका रुपमा लिन नसकिने जिकिर गरे ।

निवर्तमान सांसद एवं पूर्वमन्त्री बस्नेतले भने,, “वैद्यले संसद्मा दिएको अभिव्यक्तिलाई आक्रोश मात्रै हो भन्न सकिन्न, सत्ताका लागि छटपटाएका तत्वले चुनावसम्म ओली रहेँ सत्ता प्राप्तिको चाहना पूरा हुँदैन भन्ने देखेर देशकै प्रधानमन्त्रीको हत्या गर्न बुनेको षड्यन्त्रको गन्ध पोखिएको हुनसक्छ, यसतर्फ सचेत हुनुपर्छ ।”

एमालेभित्र आन्तरिक कलहको फाइदा उठाउँदै केही तत्व सत्ताप्राप्तिका लागि प्रधानमन्त्रीको ज्यानै लिने षड्यन्त्र बनाउँदै गरेको रहस्य बाहिर आएको जिकिर गर्दै उनले यो षड्यन्त्रभित्र क–कसको सहभागिता छ भनेर खोजिने बताए । -रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  २ : २० बजे

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म

दीपेन्द्रको शतकमा नेपालद्वारा यूएईसामु २९० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र संयुक्त

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले

सरकारको सुरुआती लक्षण राम्रो छैन : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान