३१ भदौ २०८३, बुधबार | September 16, 2026

गण्डकीका मुख्यमन्त्री नेपालीसहित ४ मन्त्रीले लिए सपथ



पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख सीतादेवी पौडेलले मुख्यमन्त्री नेपालीलाई सपथ दिलाएकी छिन् ।

गठबन्धन सरकारको नेतृत्व गरेका मुख्यमन्त्री नेपालीले कांग्रेस, माओवादी केन्द्र र जसपा र स्वतन्त्र सांसद समेटेर मन्त्रिपरिषद् विस्तार समेत गरेका छन् ।

कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधु अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद दिपक मनाङे विनाविभागीय मन्त्री बनेका छन् । चारै जना मन्त्रीले पनि सपथ लिएका छन् ।

संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरूङले प्रदेशसभामा विश्वासको मत हासिल गर्न नसकेपछि सोही धाराको ५ अनुसार नेपालीको नेतृत्वमा वैकल्पिक सरकार बनेको हो ।

३१ जना सांसदको समर्थनमा नेपाली मुख्यमन्त्री बनेका हुन् । अब उनले  ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ८ : ५३ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।