७ पुस २०८२, सोमबार | December 22, 2025

आजको मौसम : देशभर सामान्यदेखि पूर्ण बदली, चार प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । नेपालको पूर्वी भू-भागहरुः प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा शुक्रबार प्रवेश गरेको मनसुन शनिबार गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भू-भागसम्म पुगेको छ । मनसुन अब पश्चिम नेपाल प्रवेश गर्ने चरणमा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

केही स्थानमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकाले अहिलेबाट नै आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले गत वर्षको तुलनामा यो वषै धेरै वर्षा हुनेभन्दै सम्भावित क्षति न्यूनिकरणका लागि पूर्व तयारी गर्न आग्रह गर्दै आएको छ ।

यसैबीच, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

आजराति देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ६ : ४५ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र