६ बैशाख २०८३, आइतबार | April 19, 2026

युरोकप फुटबल : डेनमार्कमाथि फिनल्याण्डको ऐतिहासिक जित



काठमाडौं । युरोकप फुटबलमा डेब्यु गरिरहेको फिनल्याण्डले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई १-०ले पराजित गरेको हो ।

फिनल्याण्डको जितमा जोएल पोहान्पालोले निर्णायक गोल गरे । खेलको ५९ औं मिनेटमा पोहान्पालोले जेरे उरोनेनको क्रसमा गरेको हेडरमार्फत गोल गरेका थिए । ७३ औं मिनेटमा डेनमार्कले पेनाल्टी प्राप्त गरेपनि इमिल होएबिएर चुके । युरोकपमा फिनल्याण्डको यो ऐतिहासिक जित हो ।

त्यसअघि पहिलो हाफको ४३ औं मिनेटमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएपछि खेल झन्डै डेढ घण्टा रोकिएको थियो । बल उनको स्थानसम्म नआउँदै एक्कासी ढलेका एरिक्सनलाई तत्काल स्वास्थ्य टिम मैदान पुगेर सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए ।

झन्डै १५ मिनेट मैदानको उपचारपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो । एरिक्सनको होस खुलेको र बोल्न सक्ने भएपछि थप उपचारका लागि नजिकैको अस्पताल लागिएको थियो । त्यसपछि खेल पुनः सुचारु भएको थियो । जितसँगै फिनल्यान्डले समूह बीको अंक तालिकमा ३ अंक जोडेको छ । हारबाट प्रतियोगिताको सुरुवात गरेको डेनमार्कले भने अंक बिहीन छ ।

युरोकपमा आज तीन खेलहरु हुँदैछ । आज हुने पहिलो खेलमा समूह ‘डी’ मा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । यस्तै आज हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ । समूह ‘सी’ मा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

आजको अन्तिम खेल नेदरल्यान्ड्स र युक्रेनबीच हुनेछ । दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ७ : ३७ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

ललितपुर । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूको भेलाले

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा