२९ मंसिर २०८२, सोमबार | December 15, 2025

महन्तले उपेन्द्र र उपेन्द्रले महन्त पक्षलाई गरेको कारवाही निर्वाचन आयोगबाट खारेज, दुबैलाई अध्यक्षमा पुनर्वाहाली



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्त ठाकुर पक्ष र उपेन्द्र यादव पक्षले एक अर्कालाई गरेको कारवाहप्लाई निर्वाचन आयोगले अस्विकार गरिदिएको छ । दुबै पक्षले दुबै पक्षले एक अर्कालाई कारवाही गरेर विवरण अद्यावधि गर्न निर्वाचन आयोगलाई दिएका निवेदनहरु उपर फैसला गर्दै आयोगले कारवाही कानुनसम्मत नभएको फैसला सुनाएको हो ।

निर्वाचन आयोगले महन्थ ठाकुर र उपेन्द्र यादव दुबै पक्षले गरेको कारवाहीलाई कानूनसम्मत नदेखिएको भन्दै दुबै अध्यक्ष पूर्ववत कायम रहने फैसला सुनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरु जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त निर्णयका रुपमा निर्वाचन आयोगले जसपाका दुबै पक्षको निवेदनलाई खारेज गरिदिएको हो ।

राजपाको बिधान अनुसार पत्राचार गर्दा दुबै अध्यक्षको हस्ताक्षर रहने व्यवस्था रहेपनि एकजना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ वमोजिम विवरण अद्यावधिक गरिदिन भनी जनकारी गराएको विषयलाई कानून र दलको विधानसम्मत मान्न नमिलेको आयोगले ठहर गरेको छ । ‘पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरी अद्यावधिकका लागि अनुरोध भई आएकोमा माग वमोजिम अद्यावधिक गर्न मिलेन ।’ निर्णयमा लेखिएको छ ।

अध्यनवधिक गर्न पठाएको पत्रमा पदाधिकारीको हेरफेर गरिएको उल्लेख गरिएको तर्फ संकेत गर्दै आयोगले ‘पदाधिकारीको हेरफेर शब्दावलीले पदाधिकारीको निश्कासनसम्मको अर्थभाव सुस्पष्ट रुपमा प्रकट नगर्ने स्पष्ट पारेको छ । ‘पदाधिकारीको हेरेफेरलाई पदाधिकारीको निष्काशनसम्मको अर्थ जनिने गरी सो शब्दको प्रयोग भएको भन्ने विधायिकी मनसायसमेत कानून व्याख्याको सन्दर्भमा उचित र ग्राह्य देखिँदैन ।’ निर्णयमा भनिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ७ : २४ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले