९ भदौ २०८३, मंगलबार | August 25, 2026

के तपाईं दिनभर कुर्सीमा बसेर काम गर्नुहुन्छ ? कमजोर हुँदैछ तपाईंको स्मरण शक्ति !



एजेन्सी । के तपाईं दिनभर अफिसमा बस्ने जागिर खानुहुन्छ ? तपाईंको काम नै अफिसको कुर्सीमा बसेर गर्ने छ भने सावधानी हुन जरुरी छ । लामो समयसम्म एकै ठाउँमा बसेर काम गर्ने मानिसहरुको मस्तिष्कमा रगतको सन्चार राम्रोसँग नहुने एउटा अध्ययनले पत्ता लगाएको छ । मस्तिष्कमा राम्रोसँग रगतको सन्चार नहुनुको परिणाम निकै घातक हुनसक्छ ।

कुर्सीमा बसेर काम गर्नेहरुलाई होसियार गर्ने यो अध्ययन केही व्यक्तिहरुमाथि गरिएको हो जो दिनभर अफिसको कुर्सीमा बसेर काम गर्छन् । यसरी काम गर्नेहरुको मस्तिष्कमा राम्रोसँग रगत सन्चार नभएको पाइएको छ । तर, प्रत्येक आधा घन्टामा उठेर दुई मिनेटका लागि टहल्ने व्यक्तिहरुमा चाहिँ यस्तो समस्या पाइएको छैन । मस्तिष्कमा राम्रोसँग रक्त सन्चार हुनु हाम्रो शरीरका लागि अत्यन्त आवश्यक छ ।

मस्तिष्कका कोशिकालाई अक्सिजन तथा पोषक तत्वको आवश्यक हुन्छ । यो सब मस्तिष्कलाई रक्त सन्चारबाट नै मिल्छ । तर, एकै ठाउँमा बसेर काम गरिरहँदा यो सबै प्रक्रियामा समस्या आउने निष्कर्ष अध्ययनले निकालेको छ । योभन्दा पहिले मानिसबाहेकका अन्य जनावरमा पनि यसबारे अध्ययन गरिएको थियो । त्यसबाट पनि एकै ठाउँमा बस्दा समस्या हुनसक्ने आधारहरु निस्किएका थिए ।

रगतको प्रवाहमा समस्या देखिँदा सोचने तथा सम्झने शक्तिमा कमी आउने मात्र होइन, एकै ठाउँमा बसिरहँदा मस्तिष्कसँग सम्बन्धित अन्य समस्या पनि देखिन सकिने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । यस विषयमा पहिले पनि निकै धेरै अध्ययन गरिएका थिए । ती अध्ययनहरुले लामो समय एकै ठाउँमा बस्दा दिमागमा मात्र नभएर हाम्रो स्पाइनल कर्डमा पनि समस्या देखिने सक्ने निष्कर्ष निकालेका थिए । यसरी एकै ठाउँमा बसिरहँदा हाम्रो खुट्टामा पनि विभिन्न समस्या हुनसक्ने विशेषज्ञहरुले बारम्बार बताउँदै आएका छन् ।

यसपटकको यो अध्ययन चाहिँ लिभरपुल जोन मोरेस विश्विद्यालयमा गरिएको हो । विश्वविद्यालयको जर्नल जर्नल अफ एप्लाइड फिजियोलोजीमा छापिएको रिपोर्टअनुसार यो अध्ययन १५ व्यक्तिमा गरिएको हो । यी व्यक्तिहरुलाई यो अध्ययनको समय केवल बाथरुम जान मात्र दिइएको थियो । शोधकर्ताले उनीहरुको रगत प्रवाहलाई ट्र्याक गरेका थिए । यसको परिणाममा ती व्यक्तिहरुको मस्तिष्कमा रगत सन्चार कम भएको देखाएको थियो । तर, जब उनीहरुलाई २ मिनेट हिँड्न लगाइयो, उनीहरुको मस्तिष्कमा रगत सन्चार बढेको थियो ।

यो अध्ययनलाई नेतृत्व गरेकी सोफी कार्टरले अफिसमा काम गर्ने मानिसहरुलाई कम्तिमा पनि एकएक घन्टामा ब्रेक लिएर २ मिनेटका लागि हिँडडूल गर्न सुझाव दिएकी छिन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ६ : ३३ बजे

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी