२३ बैशाख २०८१, आइतबार | May 6, 2024

वामदेव गौतम तान्न एमालेका दुई समुहको होडबाजी, गौतम र पौडेलबीच भैंसेपाटीमा छलफल



काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले २०७५ जेठ २ अघिको एमाले स्थायी कमिटीको बैठक बोलाउन सक्ने आंकलन गरिएको बेला प्रधानमन्त्री ओलीका विश्वास पात्र उपप्रधानमन्त्री बिष्णु पौडेल एमाले उपाध्यक्ष वामदेव गौतम भेट्न गौतम निवास पुगेका छन् ।

एमालेमा देखिएको पछिल्लो विवाद र फुट रोक्नका लागि सक्रिय पौडेल आईतबार गौतम भेट्न भैंसेपाटी पुगेको पौडेल निकट स्रोतले जनाएको छ ।

अध्यक्ष ओलीले २०७५ जेठ २ अघिको माधव नेपाल र झलनाथ खनालसहितको स्थायी कमिटी बोलाउने तयारी चर्चा चलिरहकै बेला पौडेलले गौतमसँग भेटघाट गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

भेटवार्तामा भएको छलफलको विषयमा भने स्रोतले खेलाउन चाहेन । माधव पक्षले नयाँ पार्टी खोलेमा आफ्नो साथ रहने गौतमको अभिव्यक्ति सार्वजानिक भएपछि वामदेवलाई ओली पक्षमै रोक्ने उद्देश्यले पौडेलले भेट गरेको अनुमान गरिएको छ । एमालेको पछिल्लो गतिबिधिमा गौतम मौन देखिएका छन् ।

पार्टी एकता अभियान चलाएका गौतमलाई दुबै पक्षले आफ्नो पक्षमा राख्न तानातान् गरिरहेका छन् । एमाले भित्रका दोस्रो पुस्ताका नेताहरुले गौतमकै एजेण्डामा एकताको प्रयास थालेपनि गौतमलाई भने सो प्रयासमा सहभागी बनाईएको छैन ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ११ : ३० बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa