२२ चैत्र २०८२, आइतबार | April 5, 2026

वामदेव गौतम तान्न एमालेका दुई समुहको होडबाजी, गौतम र पौडेलबीच भैंसेपाटीमा छलफल



काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले २०७५ जेठ २ अघिको एमाले स्थायी कमिटीको बैठक बोलाउन सक्ने आंकलन गरिएको बेला प्रधानमन्त्री ओलीका विश्वास पात्र उपप्रधानमन्त्री बिष्णु पौडेल एमाले उपाध्यक्ष वामदेव गौतम भेट्न गौतम निवास पुगेका छन् ।

एमालेमा देखिएको पछिल्लो विवाद र फुट रोक्नका लागि सक्रिय पौडेल आईतबार गौतम भेट्न भैंसेपाटी पुगेको पौडेल निकट स्रोतले जनाएको छ ।

अध्यक्ष ओलीले २०७५ जेठ २ अघिको माधव नेपाल र झलनाथ खनालसहितको स्थायी कमिटी बोलाउने तयारी चर्चा चलिरहकै बेला पौडेलले गौतमसँग भेटघाट गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

भेटवार्तामा भएको छलफलको विषयमा भने स्रोतले खेलाउन चाहेन । माधव पक्षले नयाँ पार्टी खोलेमा आफ्नो साथ रहने गौतमको अभिव्यक्ति सार्वजानिक भएपछि वामदेवलाई ओली पक्षमै रोक्ने उद्देश्यले पौडेलले भेट गरेको अनुमान गरिएको छ । एमालेको पछिल्लो गतिबिधिमा गौतम मौन देखिएका छन् ।

पार्टी एकता अभियान चलाएका गौतमलाई दुबै पक्षले आफ्नो पक्षमा राख्न तानातान् गरिरहेका छन् । एमाले भित्रका दोस्रो पुस्ताका नेताहरुले गौतमकै एजेण्डामा एकताको प्रयास थालेपनि गौतमलाई भने सो प्रयासमा सहभागी बनाईएको छैन ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ११ : ३० बजे

‘३६ वर्षसम्म सुरक्षाकर्मीलाई नै हतकडी लगाइदिएको रहेछ’- गृहमन्त्री गुरुङ

काठमाडौं । सुधन गुरुङले ३६ वर्षसम्म सुरक्षाकर्मीमाथि अन्याय भएको संकेत

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अध्यक्षमा यमबहादुर जीसी निर्वाचित

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको १४ औँ अधिवेशनबाट

इलाका प्रहरी कार्यालय बुटवलको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ बाट दुई घण्टामै दुई दर्जन मोटरसाइकल नियन्त्रणमा

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ ।

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली