२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला, विजेताले १ लाख रुपैयाँ पाउने



काठमाडौं । नेपाल क्रिकेट संघ ‘क्यान’ र राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक ‘माई सेकेन्ड टिचर’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला गरेको छ ।

‘क्यान’ र ‘माई सेकेन्ड टिचर’ले सोमवार संयुक्त रूपमा राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन प्रतिस्पर्धा खुल्ला गरेको जानकारी दिएका हुन । गत वैशाख महिनामा सम्पन्न त्रिकोणात्मक टी-ट्वेन्टी शृङ्खलामा नेपाली टोलीले लगाएको जर्सीको चौतर्फी आलोचना भएको थियो ।

सो कारण ‘क्यान’ र ‘माई सेकेन्ड टिचर’ले संयुक्त रूपमा जर्सी डिजाइन प्रतिस्पर्धा आयोजना गरेका हुन । जर्सी डिजाइन गर्दा जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियम अनुसार डिजाइन गर्नु पर्ने शर्त राखिएको छ ।

त्यस्तै नेपालको झण्डाको रातो र निलो रङ्ग झल्किने गरी जर्सी डिजाइन गर्नु पर्ने अनिवार्य नियम राखिएको छ । यी सबै मापदण्ड पूरा गरेर जर्सी डिजाइन गर्ने विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन ।

‘माई सेकेन्ड टिचर’लाई नेपाली क्रिकेट टोलीको मुख्य प्रायोजक बनाउने विज्ञापन एजेन्सी ‘एडप्याड’ले विजेतालाई १ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो । विजेता छनौट समितिमा ‘क्यान’कातर्फबाट दुई र ‘एडप्याड’कोतर्फबाट एक जनाले प्रतिनिधित्व गर्नेछन ।

सो जर्सी नेपाली राष्ट्रिय क्रिकेट टोलीले जुलाईमा हुने ‘विश्वकप लिग २’ प्रतियोगितामा प्रयोग गर्नेछ। सो प्रतियोगिता नेपाल, स्कटल्यान्ड र नामिबियाबिच स्पेनमा खेलिने कार्यक्रम रहेको छ ।

आफ्नो जर्सी डिजाइन बुझाउने अन्तिम मिति ‘आषाढ ३’ गते बिहीवार रहेको छ । डिजाइन क्यानको ईमेल आईडी [email protected] मा बुझाउन सकिनेछ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ५ : ५० बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको