१६ बैशाख २०८१, आइतबार | April 28, 2024

युरोकप फुटबल : पोर्चुगलको सानदार सुरुवात, रोनाल्डोले बनाए कीर्तिमान



काठमाडौं । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा साविक विजेता पोर्चुगलले घरेलु टोली हंगेरीलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

ग्रुप अफ डेथ मानिएको समूह समूह ‘एफ’को पहिलो खेलमा पोर्चुगलले खेलको अन्तिम समयमा लगातार तीन गोल गर्दै सुखद् सुरुवात गरेको हो ।

पोर्चुगलले अन्तिम समयमा एक मिनेटको अन्तरमा दुई गोल गरेको थियो । ८४ औँ मिनेटमा राफायल गुएर्रोले अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट लगत्तै पोर्चुगलले पेनाल्टी प्रहारको मौका पाएको थियो जसमा क्रिस्टियानो रोनाल्डो सफल रहे । दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल थपेका थिए ।

अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको गोल संख्या एक सय ६ पुगेको छ । उनी इरानका अलि दाईको कीर्तिमान बराबरी गर्नबाट ३ गोलले मात्र पछाडि छन ।

यो समूहमा फ्रान्स र जर्मनी पनि छन । यी दुई टोली केही बेरमा भिड्दै छन ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ११ : ५२ बजे

नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन तथा साधारणसभा सकियो

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औ अधिवेशन तथा

लगानी सम्मेलन : यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै

काठमाडौं । आजदेखि सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०

नेपाल र वेस्ट इन्डिज ए बीचको दोस्रो टी-२० आज

काठमाडौं। नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

इलाम-२ मा मतगणनाको तयारी, केहीबेर शुरु हुदै

काठमाडौं । इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ ।