२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

युरोकप फुटबल : पहिलो खेलमै जर्मनी पराजित, फ्रान्सको विजयी शुरूवात



काठमाडाैं । साविक उपविजेता फ्रान्सले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेकाे छ ।

एलिएन्ज एरिना म्युनिख जर्मनीमा भएकाे खेलमा फ्रान्सले घरेलु टाेलीलाई ०-१ ले पराजित गरेकाे हाे ।

ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’को खेलमा जर्मन डिफेन्डर म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै निर्णायक बनेकाे थियाे । पहिलो हाफमा बल पोसेसनमा पकड जमाएपनि जर्मनीले गोल फर्काउन सकेन । फ्रान्सले पनि केही अवसर खेर फालेको थियो । २० औं मिनेटमा पल पोग्बाले पेनाल्टी क्षेत्रको बाहिरबाट दिएको पासलाई लुकास हर्नान्डेजले लो क्रस गर्दा डिफेन्डर हमल्सले क्लियर गर्न खाेज्दा आत्मघाती गोल हुन पुगेकाे थियाे ।

हमल्स युरोकप २०२० मा आत्मघाती गाेल गर्ने तेस्राे खेलाडी हुन् । यस अगाडी उद्घाटन खेलमा टर्कीका मेरिह डेमिरलले इटालीविरुद्ध आत्मघाती गोल गरेका थिए । यस्तै, पोल्याण्डका गोलरक्षक वोजचिएक सेचेज्नीले स्लोभाकियाविरुद्ध आत्मघाती गोल गरेका थिए ।

२२ औं मिनेटमा रोबिन गोसेन्सको क्रसमा थोमस मुलरले गरेकाे प्रहारले पोस्टको दिशा लिन सकेन । २७ औं मिनेटमा टोनी क्रुसको प्रहार गोलरक्षक ह्युगो लोरिसले सहजै समातेका थिए । ५२ औं मिनेटमा एड्रीएन राबीओटले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार पोस्टमा लागेर बाहिरियो । ५३ औं मिनेटमा जर्मनीका गोसेन्सको क्रसमा सर्ज गनाब्रीले गरेकाे प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो ।

६६ औं मिनेटमा एमबाप्पेले पोग्बाको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्र भित्रबाट सुन्दर फिनिस गरेका थिए । तर, असिस्टेन्ट रेफ्रीले अफसाइड दिए । ७९ औं मिनेटमा वन भर्सेस वनको स्थितिमा एम्बापपे गाेल गर्न असफल भए । ८५ औं मिनेटमा किलीयन एम्बापपेको क्रसमा करीम बेन्जेमाले गोल गरे । तर, भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले गोललाई मान्यता दिएन । ८८औं मिनेटमा लेरोए सानेको फ्रिकिक बाहिरिंदा जर्मनीले खेल बराबर गर्ने अवसर गुमायो ।

यी दुई टोलीको पछिल्लो ८ खेलको नतिजामा फ्रान्स चार खेलमा विजयी हुँदा जर्मनीले दुई खेल जितेको थियो । दुई खेलभने बराबरीमा सकिएको थियाे । पछिल्लो पाँच खेलमा फ्रान्स जर्मनीसँग अपराजित छ । सन् २०१४ को विश्वकपको क्वाटरफाइनलमा फ्रान्स जर्मनीसँग १-० ले पराजित भएको थियो । त्यसयता फ्रान्सले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको थियाे । पछिल्लोपटक २०१८ को नेशन्स लिगमा फ्रान्सले २-१ को जित निकालेको थियो ।

तर, यस अगाडी फ्रान्स र जर्मनी युरोकपमा अहिलेसम्म जम्मा १ पटक आमुनेसामुने भएका छन् । २०१६ को सेमिफाइनलमा फ्रान्सले जर्मनीलाई पराजित गरेको थियो । जितसँगै फ्रान्स ३ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ । साविक विजेता पोर्चुगलको पनि समान ३ अंक छ । तर, पोर्चुगल गोलअन्तरमा अगाडी छ । अंकविहीन जर्मनी र हंगेरी पुछारमा छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ६ : २९ बजे

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न

किशोर श्रेष्ठको निवासमा मध्यरातमा प्रहरीको छापा, पत्रकारद्वारा विरोध

काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं

रोल्पामा पहिरोले घररगोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन बाँकी

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका-५