११ असार २०८३, बिहिबार | June 25, 2026

बाढीपहिरोबाट सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु, उद्दार र राहतमा जुट्न सभामुख सापकोटाको अपील



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा मंगलबार साँझ आएको पहिरो एवं मेलम्ची र इन्द्रवती नदीमा आएको भीषण बाढीमा परि हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले सात जना भन्दा बढीको मानवीय क्षतिको विवरण नआएको बताएका छन् । मृत्यु भएकाको पहिचान अहिलेसम्म हुनसकेको छैन ।

मंगलबार साँझ ६ बजेतिर हेलम्बुमा पहिरो गएको थियो । सँगसँगै अबिरल बर्षाका कारण मेलम्ची नदीमा अहिलेसम्मकै बाढी आएपछि मेलम्चीको तटीय क्षेत्रमा व्यापक क्षति पुगेको छ । स्थानीय बासिन्दाका अनुसार अहिले पनि कैयौं व्यक्ति वेपत्ता भएका छन् ।

बाढी पहिरोले हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बबगाएको छ । नदी तटीय क्षेत्रमा रहेको मेलम्ची बजारमा बाढी पसेको छ । सडक भत्किँदा यातायात सम्पर्क विच्छेद भएको छ ।

यसैबीच सिन्धुपाल्चोकबाटै प्रतिनिधित्व गर्ने सभामुख अग्निप्रसाद सापकोटाले मेलम्ची र इन्द्रावती नदीमा लगातार आइरहेको भीषण बाढीका कारण तटीय क्षेत्रमा भएको अपूरणीय मानवीय र भौतिक क्षतिको खबरले स्तब्ध भएको जनाएका छन् । ट्वीटरमा लेख्दै सभामुख सापकोटाले विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न सबैलाई अपील गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ८ : ४८ बजे

रास्वपाको प्रदेशसभा खारेजी प्रस्तावप्रति बाबुरामको चेतावनी – ‘संघीयता भत्काउने भूल नगर्नू’

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले

रुसी राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति यादव सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा आयोजित

दक्षिण कोरियालाई १-० ले हराउँदै दक्षिण अफ्रिका विश्वकपको अन्तिम ३२ मा प्रवेश

काठमाडौं । दक्षिण कोरियामाथि १-० को रोमाञ्चक जित निकाल्दै दक्षिण

भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा

काठमाडौं । भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा गरिएको छ ।

जुम्लाको टम्टी आसपास ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जुम्लामा आज बिहान भूकम्प गएको छ । बिहान