२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बाढीपहिरोबाट सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु, उद्दार र राहतमा जुट्न सभामुख सापकोटाको अपील



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा मंगलबार साँझ आएको पहिरो एवं मेलम्ची र इन्द्रवती नदीमा आएको भीषण बाढीमा परि हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले सात जना भन्दा बढीको मानवीय क्षतिको विवरण नआएको बताएका छन् । मृत्यु भएकाको पहिचान अहिलेसम्म हुनसकेको छैन ।

मंगलबार साँझ ६ बजेतिर हेलम्बुमा पहिरो गएको थियो । सँगसँगै अबिरल बर्षाका कारण मेलम्ची नदीमा अहिलेसम्मकै बाढी आएपछि मेलम्चीको तटीय क्षेत्रमा व्यापक क्षति पुगेको छ । स्थानीय बासिन्दाका अनुसार अहिले पनि कैयौं व्यक्ति वेपत्ता भएका छन् ।

बाढी पहिरोले हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बबगाएको छ । नदी तटीय क्षेत्रमा रहेको मेलम्ची बजारमा बाढी पसेको छ । सडक भत्किँदा यातायात सम्पर्क विच्छेद भएको छ ।

यसैबीच सिन्धुपाल्चोकबाटै प्रतिनिधित्व गर्ने सभामुख अग्निप्रसाद सापकोटाले मेलम्ची र इन्द्रावती नदीमा लगातार आइरहेको भीषण बाढीका कारण तटीय क्षेत्रमा भएको अपूरणीय मानवीय र भौतिक क्षतिको खबरले स्तब्ध भएको जनाएका छन् । ट्वीटरमा लेख्दै सभामुख सापकोटाले विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न सबैलाई अपील गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ८ : ४८ बजे

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।

नयाँवर्षको अशुभकामना आदानप्रदान तथा भित्तेपात्रो प्रकाशन

बुटवल । पूर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाई सरेका

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु