१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

मेलम्चीमा होटलको छतमा फसेका दुई व्यक्तिलाई हेलिकोप्टरबाट उद्दार



सिन्धुपाल्चोक । मेलम्चीको बाढीमा फसेका दुइ व्यक्तिलाई नेपाली सेनाले हेलिकोप्टरबाट उद्दार गरेको छ ।

अविरल वर्षापछि मंगलबार साँझबाट मेलम्ची नदीमा आएको भीषण बाढीका कारण नदीको तटीय क्षेत्रमा रहेको मेलम्ची बजारस्थित रोज होटलको छतमा दुई जना व्यक्ति फसेका थिए ।

होटलमा बाढी पसेपछि उनीहरु बाहिर निस्कन नसकेर रातिदेखि नै छतमा फसेका थिए । उनीहरुलाई बुधबार बिहान सेनाको हेलिकोप्टरले डोरीको सहायताले उद्दार गरेको हो ।

हेलम्बुमा आएको पहिरो र मेलम्ची एवं इन्द्रवती नदीमा आएको बाढीका कारण यस मनसनु सुरुभएयता सिन्धुपाल्चोकमा सबैभन्दा ठूलो मानवीय क्षति भएको छ । सात जनाको मृत्यु भएको छ भने अझै कैयौं वेपत्ता रहेका छन् ।

सिन्धुपाल्चोक बाढीपहिरो लगायतका प्राकृतिक विपत्तिबाट सधैंभर पीडित बन्दै आएको छ ।

 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ९ : २१ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी