काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ।
बिरामी भएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएर उपचाररत खनाललाई आज साढे १२ बजे नयाँ दिल्ली लैजान लागिएको हो । खनाललाई निरन्तर ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
खनाललाई दिल्लस्थित एपोलो अस्पतालमा उपचार गर्ने तयारी गरिएको छ । खनालसँग श्रीमती, छोरा र एक चिकित्सक पनि दिल्ली जानेभएका छन् ।
खनाललाई केही समयअघि कोरोना संक्रमण भएको थियो । त्यसपछि उनी नर्भिककै कोभिड वार्डमा उपचार गरिएको थियो । संक्रमणमुक्तभएपछि उनलाई डिस्चार्ज गरिएको थियो ।
प्रतिक्रिया