१९ जेष्ठ २०८३, मंगलबार | June 2, 2026

असार २५ गतेसम्म कर दाखिला गर्न सरकारबाट सूचना जारी



काठमाडौं । कोरोनाकहरले थलिएको नेपालको उद्योग व्यवसाय सहजरुपमा संचालन हुन नपाउँदै सरकारले कर तिर्ने हदम्याद ताकेको छ ।

सर्वोच्च अदालतले समेत निषेधाज्ञा रोकिएको ३० दिनको बाटो म्याद दिन आदेश दिएको भएपनि आन्तरिक राजश्व विभागले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्मका लागि तोकेको हो ।

सुचनामा निषेधाज्ञाका कारण समयमा कर दाखिला गर्न नसकेका करदातालाई म्याद थप गरिएको उल्लेख गरिएपनि देशका बिभिन्न जिल्लामा अहिले पनि निषधाज्ञा जारी रहेको छ । वाढी, पहिरोका कारण सडक अवरुद्ध हुँदा उद्योग व्यवसाय सहज हुन सकेको छैन ।

विभागले जारी गरेको सुचना अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ ।

त्यस्तै सुचनामा २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्ने उल्लेख गरिएको छ । २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत २५ असार २०७८ सम्म थप भएको विभागले जनाएको छ ।

सर्वोच्च अदालतले मंगलबार सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो ।

नेपालका अधिकांस जिल्लाहरुमा अहिले पनि निषेधाज्ञा जारी रहेकाे छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ५ : ३४ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : रहस्य अझै अनुत्तरित, नारायणहिटी संग्रहालयमा बढ्दो चासो

काठमाडौं । नेपाली इतिहासकै सबैभन्दा दुःखद र रहस्यमय घटनामध्ये एक

रास्वपा सभापति लामिछाने र भाजपा अध्यक्ष नबिनबीच भेटवार्ता हुँदै

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहेका

बुटवल-नारायणगढ सडकमा यात्रा सहज बन्दै, वर्षौंदेखिको सास्ती अन्त्यतर्फ

सिद्धार्थनगर । वर्षौंदेखि निर्माण कार्यका कारण धुलो, हिलो, जाम र

होटल पौवा जनकपुरको खाना महोत्सवमा बुटवल शाखाको विशेष प्रस्तुति, लुम्बिनीका स्वाद चिनाउने

बुटवल । होटल पौवाले जनकपुरधाममा सञ्चालनमा ल्याउन लागेको आफ्नो १९

वीरगञ्ज महानगर प्रमुख सिंह पक्राउ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको छ