२१ मंसिर २०८२, आइतबार | December 7, 2025

युरोकप फुटबल : फिनल्याण्डमाथि रसियाको झिनो जित



काठमाडौं । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा रसियाले पहिलो जित निकालेको छ । बुधबार घरेलु टोली रसियाले फिनल्याण्डमाथि १-० को गोलले झिनो जित निकालेको हो ।

सेन्ट पिटर्सबर्गमा बुधबार साँझ भएको खेलमा एलेक्सी मिरान्चुकले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको अन्त्यतिर गोल गरेका थिए । रसिया पहिलो खेलमा बेल्जियमसँग ३-० ले पराजित भएको थियो ।

चौथो मिनेटमा जोएल पोहानपालोले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन । जुक्का राइटाले डलेर कुजाएभलाई छक्याउँदै दिएको क्रसमा पोहानपालोले ६ यार्ड बक्सभित्रबाट हेडमार्फत् गोल गरेका थिए ।

१४ औं मिनेटमा मिरानचुककै पासमा कप्तान अर्टिम ज्युवाको प्रहार क्रसबारमा लागेर फर्कदा रसिया अग्रता लिनबाट चुक्यो । २१ औं मिनेटमा पोहानपालो वान भर्सेस वानको अवस्थामा चुके । ३१ औं मिनेटमा एलेक्सान्डर गोलोभिनको पासमा सेन्टर ब्याक डिभिभको हेडरले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मिरानचुकले गोल गर्दै रसियालाई १-० को अग्रता दिला ए। कप्तान अर्टिम ज्युवासँगको वान टु वान पासमा मिरानचुकले गरेको लेफ्ट फुटेट प्रहारले जाली चुमेको थियो ।

६६ औं मिनेटमा रिफाट जेमालेटडिनोभको प्रहार फितलो बन्यो । ६९ औं मिनेटमा पुकीले अर्को अवसर खेर फाल्दा फिनल्यान्ड बराबरीबाट चुक्यो ।

इन्ज्युरी समयको पहिलो मिनेटमा झेमालेत्दिनोभले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

यो जितसँगै समूह ‘बी’ बाट रसियाले २ खेलबाट ३ अंक जोड्दै नकआउट चरण पार गर्ने सम्भावना जीवितै राखेको छ । समान ३ अंक नै भएपनि बेल्जियम गोलको आधारमा शीर्ष स्थानमा रहेको छ ।

फिनल्याण्ड हेड टु हेडमा रसियासँग पछि छ । अब रसियाले डेनमार्कसँग तथा फिनल्याण्डले बेल्जियमसँग खेल्न बाँकी छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ९ : ४७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल