२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

युरोकप फुटबल : फिनल्याण्डमाथि रसियाको झिनो जित



काठमाडौं । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा रसियाले पहिलो जित निकालेको छ । बुधबार घरेलु टोली रसियाले फिनल्याण्डमाथि १-० को गोलले झिनो जित निकालेको हो ।

सेन्ट पिटर्सबर्गमा बुधबार साँझ भएको खेलमा एलेक्सी मिरान्चुकले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको अन्त्यतिर गोल गरेका थिए । रसिया पहिलो खेलमा बेल्जियमसँग ३-० ले पराजित भएको थियो ।

चौथो मिनेटमा जोएल पोहानपालोले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन । जुक्का राइटाले डलेर कुजाएभलाई छक्याउँदै दिएको क्रसमा पोहानपालोले ६ यार्ड बक्सभित्रबाट हेडमार्फत् गोल गरेका थिए ।

१४ औं मिनेटमा मिरानचुककै पासमा कप्तान अर्टिम ज्युवाको प्रहार क्रसबारमा लागेर फर्कदा रसिया अग्रता लिनबाट चुक्यो । २१ औं मिनेटमा पोहानपालो वान भर्सेस वानको अवस्थामा चुके । ३१ औं मिनेटमा एलेक्सान्डर गोलोभिनको पासमा सेन्टर ब्याक डिभिभको हेडरले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मिरानचुकले गोल गर्दै रसियालाई १-० को अग्रता दिला ए। कप्तान अर्टिम ज्युवासँगको वान टु वान पासमा मिरानचुकले गरेको लेफ्ट फुटेट प्रहारले जाली चुमेको थियो ।

६६ औं मिनेटमा रिफाट जेमालेटडिनोभको प्रहार फितलो बन्यो । ६९ औं मिनेटमा पुकीले अर्को अवसर खेर फाल्दा फिनल्यान्ड बराबरीबाट चुक्यो ।

इन्ज्युरी समयको पहिलो मिनेटमा झेमालेत्दिनोभले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

यो जितसँगै समूह ‘बी’ बाट रसियाले २ खेलबाट ३ अंक जोड्दै नकआउट चरण पार गर्ने सम्भावना जीवितै राखेको छ । समान ३ अंक नै भएपनि बेल्जियम गोलको आधारमा शीर्ष स्थानमा रहेको छ ।

फिनल्याण्ड हेड टु हेडमा रसियासँग पछि छ । अब रसियाले डेनमार्कसँग तथा फिनल्याण्डले बेल्जियमसँग खेल्न बाँकी छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ९ : ४७ बजे

रोल्पा बोटलबारा पहिरो अपडेट : १० जना बेपत्ता, खोजी जारी

रोल्पा । रोल्पास्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता

किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको विरोधमा

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न