२१ मंसिर २०८२, आइतबार | December 7, 2025

युरोकप फुटबल : टर्कीविरूद्ध वेल्सको शानदार जित



काठमाडाैं । जारी युरोकप २०२० फुटबलमा वेल्सले मा पहिलो जित दर्ता गरेको छ । बुधबार राति समूह ‘ए’ अन्तर्गत भएको खेलमा टर्कीलाई २-० गोल अन्तरले पराजित गर्दै वेल्सले पहिलो जित निकालेको हो ।

वेल्सले आफ्नाे पहिलाे खेलमा स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो । बाकु ओलम्पिक स्टेडियम वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले एक एक गोल गरे । दुवै गाेलकाे लागि भने माैका कप्तान ग्यारेथ बेलले जुराइदिएका थिए ।

२४ औं मिनेटमा बेलकै पासमा राम्सीले गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरिएकाे थियाे । ३७ औं मिनेटमा बुराक इल्माजको प्रहारले पोस्टको दिशा लिन सकेन ।

४३ औं मिनेटमा राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । कप्तान ग्यारेथ बेलको पासमा उनले गोल गरेका थिए । ५० औं मिनेटमा हाकान चाल्हानोग्लुको प्रहार ड्यानी वार्डले बचाए ।

६१ औं मिनेटमा कप्तान बेलले पेनाल्टीमा गोल गर्न सकेनन् । जेकी सिलिकले पेनाल्टी क्षेत्रमा बेललाई लडाएपछि वेल्सले पेनाल्टीको मौका पाएको थियो । तर, बेलको प्रहार पोस्टभन्दा माथिबाट बाहिरिएको थियो । त्यसपछि खेलको इन्जुरी समयको पाँचौ मिनेटमा रोबर्ट्सले गोल गर्दै वेल्सलाई २-० को जित दिलाए । उनले बलकाे पासमा गाेल गरेका थिए । बेलको पासलाई नै पेनाल्टी क्षेत्रभित्र भिडभाडमा रोबर्ट्सले गोल गर्दै वेल्सको जित सुनिश्चित गरे ।

जितसँगै वेल्सले २ खेलमा ४ अंक जोड्दै समूहको शीर्षस्थानमा स्थान बनाएको छ । दुवै खेलमा पराजित टर्की भने अर्को चरण पुग्ने सम्भावना निकै कम रहेको छ । टर्कीलाई पहिलो खेलमा इटालीले ३-० ले हराएको थियो ।

यस समूहमा इटालीको ३ र स्विट्जरल्यान्डको १ अंक छ । यी दुई टोली केहीबेरमा नै खेल्नेछन् । त्यसअघि समूह ‘बी’ मा रहेकाे रसियाले फिनल्याण्डमाथि १-० को जित दर्ता गरेकाे थियाे । रसियाको पहिलो जितमा एलेक्सी मिरान्चुकले गरेको गोल नै निर्णायक बन्यो ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ६ : २० बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल