२१ मंसिर २०८२, आइतबार | December 7, 2025

युरोकप फुटबल : इटालीको लगातार दोस्रो जित, अन्तिम १६ मा प्रवेश



काठमाडौं । युराेकप २०२० मा उपाधि दाबेदार इटाली लगातार दाेस्राे जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा स्विट्जरल्याण्डलाई ३-० ले पराजित गरेकाे हाे ।

ओलम्पिक स्टेडियममा म्यानुएल लोकाटेलीको दुई गोल तथा सिरो इम्मोबिलेको एक गोल गरेका थिए । १९ औं मिनेटमा कप्तान जर्जियो किएलिनीले गोल गरेका थिए । गाेलकाे खुसियाली मनाएपनि भीएआरले उक्त गोललाई मान्यता दिएन ।

लोरेन्जो इन्सिग्नेको कर्नरमा किएलिनीले बललाई जाली चुमाएका थिए । उक्त बल नियन्त्रण गर्नेक्रममा उनको हातमा लागेकाे थियाे । २६ औं मिनेटमा इटालीले अग्रता लियो । डोमेनिको बेरार्डीको कटब्याकमा अनमार्क रहेका लोकाटेलीले ६ यार्डबाट गरेकाे प्रहार गाेलमा परिणत भएकाे थियाे ।

५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । निको बरेल्लाको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार स्विट्जरल्यान्डका गोलरक्षक यान सोमरले ठम्याउन सकेनन् । ६४ औं मिनेटमा गोलरक्षक जियानलुइजी डोनारुम्माकाे प्रहार स्टिभन जुबरको विफल पारिदिए । लगत्तै काउन्टर अट्याकमा बेरार्डीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार आकासिएकाे थियाे ।

७५ औं मिनेटमा फेडेरिको किएजाको पासलाई नियन्त्रणमा लिँदै इम्मोबिलेले गरेको प्रहारले पोस्टको दिशा लिएन । ८९ औं मिनेटमा इम्मोबिलेले गोल गर्दै इटालीलाई ३-० को जित दिलाए । उनले राफाएल टोलोइको पासमा लामो दुरीबाट गरेको प्रहार सिधै गाेलमा परिणत भएकाे थियाे ।

जितसँगै इटालीको अपराजित यात्रा २९ खेलमा लम्बिएको छ । इटालीले पछिल्लो १० खेलमा गोलसमेत खाएको छैन । जितसँगै समूहको शीर्ष स्थानमा रहेको इटालीको २ खेलमा ६ अंक रहेको छ। वेल्स २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ । स्विट्जरल्यान्डको १ अंक छ । इटालीले समूहको अन्तिम खेलमा वेल्सको सामना गर्नेछ । त्यस्तै, स्विट्जरल्यान्डले अंकविहिन रहेको टर्कीसँग खेल्नेछ ।

त्यसअघि समूह ‘ए’ कै खेलमा वेल्सले टर्कीलाई २-० ले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको थियो ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ७ : २२ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल