४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना भाइरस मानवजातिका लागि खतरा, एक्लाएक्लै होइन, एक भएर लढौं : राष्ट्रसंघ



बिबिसी । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर त्रास र आतंक फैलिरहेको छ । हालसम्म ४ लाख ७१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने २१ हजारभन्दा बढीले यसैको संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसले विश्वव्यापीरुपमा आतंक मच्चाउँदै गर्दा संयुक्त राष्ट्रसंघका महासचिवले यो महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भएको बताएका छन् । उनले यस्तो खतराविरुद्ध सम्पूर्ण मानव लाग्नुपर्ने पनि उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरसविरुद्ध देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने पनि बताएका छन् । उनले यो महामारी विकसित मुलुकमा नियन्त्रण गरेर विकासोन्मुख मुलुकमा फैलन दिइन्छ भने यसले दशौं लाखको ज्यान लिनसक्नेतर्फ पनि सचेत गराएका छन् ।

महासचिव गुटेरसले अगाडि भनेका छन् त्यसो गर्दा भाइरसले स्वरुप परिवर्तन गर्ने अवसर पाउने र त्यो झन् भयाबह हुने बताएका छन् । ‘त्यतिमात्र होइन त्यसले भाइरसलाई स्वरूप परिवर्तन गर्ने अवसर पनि दिनेछ र परिवर्तित भाइरसले बनेका खोप पनि काम नलाग्ने गरि फेरि सबैलाई आक्रमण गर्न सक्नेछ,’ उनले सचेत गराउँदै भनेका छन्, ‘त्यसैले यो लडाइँ आधामात्र लड्न सकिँदैन ।’
यसैबीच राष्ट्रसंघले आधारभूत स्वास्थ्य सेवासमेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न दुई अर्ब डलर कोषको घोषणा गरेको छ । उता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले परीक्षण, क्वारन्टीन तथा सङ्क्रमणका स्रोतको निरन्तर खोजीको आवश्यकतामाथि जोड दिएको छ । सङ्क्रमणबाट अति प्रभावित इटलीको प्रयासलाई प्रशंसा गर्दै विस्तारै उसका प्रयासले नतीजा ल्याउने राम्रा सङ्केत देखिएको डब्लुएचओले बताएको छ । यसअघि उनले कोरोनाभाइरस प्रकोपका माझ विश्वभरि चलिरहेका द्वन्द्वको युद्धविराम गरिनुपर्ने बताएका थिए ।

राष्ट्रसंघले एकताबद्ध लडाइँको महत्त्व बताइरहँदा शक्तिशाली देशहरूमाझ भाइरसलाई लिएर मतभेद देखिएका छन् । खासगरी सम्पन्न देशहरको समूह जी सेभेनका विदेशमन्त्रीहरूमाझ कोरोनाभाइरसको स्रोतसम्बन्धी वक्तव्यमा राखिने वाक्यबारे मतभेद भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ९ : ३२ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा