१८ चैत्र २०८२, बुधबार | April 1, 2026

असार ७ पछि सरकारले निषेधाज्ञाको मोडालिटी परिमार्जन गर्दै



काठमाडौं । सरकारले असार दोस्रो साताबाट देशभर जारी निषेधाज्ञालाई सहज बनाउने तयारी थालेको छ । निषेधाज्ञाको मोडालिटीमा ब्यापक परिमार्जन गर्दै दैनिक जनजिवनलाई सहज बनाउने गरि आवश्यक स्थानहरुमा निषेधाज्ञा जारी राख्ने गरि सरकारले गृहकार्य थालेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार साँझ बालुवाटारमा बसेको को बैठकले निषेधाज्ञाको माडालिटी परिमार्जन गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा यही असार ७ गते सकिँदैछ भने उपत्यका कै समयसीमालाई सिको गर्दै देशका अधिकांस जिल्लाहरुमा पनि ७ गते सम्म कै लागि निषेधाज्ञालाई कायम गरिएको छ । उपत्यका सहित संक्रमणको प्रभाव कायम रहेका जिल्लाहरुमा निषेधाज्ञा कायमै राखे पनि त्यसको मोडेल सहज बनाउने गरि निर्देशक समितिले निर्णय गरेको छ । स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई अत्यावश्यक क्षेत्रको दायरा बढाउँदै त्यस्ता क्षेत्रलाई खुल्ला गरिनुपर्ने समितिले निष्कर्ष निकालेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

अत्यावश्यक बस्तुहरुको उत्पादन तथा आपूर्ति सहज बनाउने गरी अहिले जारी रहेको निषेधाज्ञाको मोडालिटीमा परिमार्जन गर्ने निर्णय समितिले गरेको छ।

कोभिड–१९ निर्देशक समितिले कतार, साउदी अरेबिया, मलेसिया, जापान लगायतका मुलुकमा पुनः हवाई उडान सुरु गर्ने निर्णय गरेको छ। यी देशहरुबाट सातामा दुई हजार यात्रु नबढ्ने गरी हवाई उडान पुनः सुरु गर्न सकिने गरि निर्णय भएको समितिले जनाएको छ।

सरकारले बैदेशिक रोजगारीमा गएका तर बिभिन्न कारणले होटल क्वारेन्टाइनमा बस्दा भुक्तानी गर्न नसक्ने कामदारकाे १० दिनको होटल खर्च सरकारले ब्यहाेर्ने निर्णय गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि सरकारले १० दिनको खर्च ब्यबस्थापन गर्ने निर्देशक समितिले निर्णय गरेको हाे ।

गैर आवासीय नेपालीहरुबाट नेपाल पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको बताईएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ९ : ०५ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”