१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

मेलम्चीमा बेपत्ता २० जनाको पहिचान खुल्यो (नामावलीसहित)



सिन्धुपाल्चोक । मेलम्चीमा मंगलबार राति आएको बाढीमा बेपत्ता भएका २० जनाको पहिचान खुलेको छ । बेपत्ता भएका ३ भारतीय र ३ चिनियाँ नागरिकसमेत २० जनाको नाम जिल्ला प्रशासन कार्यालयले सिन्धुपाल्चोकले सार्वजानिक गरेको छ ।

प्रशासनका अनुसार बेपत्ता हुनेमा भारतीय नागरिक कमललोचन महतो, विजय बासुमन्तरी र जिनडाऔ बासुमन्तरी तथा चिनियाँ नागरिक सन यु चुवान, यु चि झु र गोड टियान छियो रहेका छन् ।

त्यसैगरि बेपत्ता हुने नेपाली नागरिकमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्याति, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीया ज्ञानेन्द्र कक्षपति, हेलम्बु–३ की ५० वर्षीया साइली तामाङ, सोही गाउँपालिका ६ का ५० वर्षीया च्याङा तामाङ र ४२ वर्षीया काली तामाङ छन् ।

त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका–१ का १९ वर्षीय विमल खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेसमलाल सार्की र हेमराज घिमिरे पनि अहिले सम्म फेला नपरेको प्रशासनले जनाएको छ ।

बाढीग्रस्त क्षेत्रमा फसेका ७४ जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेका छन् । बेपत्ताहरुकाे खाेजी जारी रहेकाे प्रशासनले जनाएकाे छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  १२ : ०८ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी