१९ असार २०८३, शुक्रबार | July 3, 2026

एमाले नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै



नेकपा एमालेका अध्यक्ष केपी ओलीले २०७५ जेठ २ गते अगाडिको संरचना अन्तर्गत स्थायी कमिटीको बैठक बोलाउने चर्चा चलेसँगै एमालेको नेपाल पक्षले आफूनिकट स्थायी कमिटीको बैठक बोलाएको छ ।

अध्यक्ष ओलीले बोलाउने तयारी गरेको भनिएको स्थायी कमिटीको बैठक तथा सर्वोच्च अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक भनेको अवस्थाका बारेका नेपाल पक्षको बैठक बस्न लागेको बताईएको छ । बैठकमा उपचारका क्रममा दिल्ली जानु अघि वरिष्ठ नेता झलनाथ खनालबाट आएको विज्ञप्तिका बिषयमा पनि छलफल हुने नेपालपक्षका एक नेताले बताए ।

खनालको विज्ञप्तिका सम्बन्धमा एमालेका नेपाल पक्षकै अर्का नेता जगन्नाथ खतिवडाले झलनाथको भावना बिपरित विज्ञप्ति आएको टिप्पणी गरेका थिए ।

बैठकले विपद् व्यवस्थापनबारे सरकारलाई ध्यानाकर्षण गराउनुका साथै उद्धार तथा राहतमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिने ती नेताले बताए ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  १२ : ३७ बजे

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे हुने

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक

पूर्वसांसद कोइरी पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला-२