२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

मेलम्ची र हेम्लबुका बाढीपीडितलाई काठमाडौं महानगरद्वारा २ करोड रुपैयाँ सहयोगको घोषणा



काठमाडौं । मेलम्चीको खानेपानी काठमाडौंबासीलाई ल्याएको गुन तिर्दै काठमडौं महानगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई अािर्थक सहयोग गरेको छ ।

काठमाडौं महानगरले मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार काठमाडौं महानगरपालिकाकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बाढीपीडितलाई आर्थिक सहयोगको घोषणा गरेका हुन् । यो रकम उद्दार तथा राहत खर्चका लागि दिइने शाक्यले बताएका छन् ।

काठमाडौंबासीको खानेपानीको मुख्य स्रोत बनेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमै भीषण बाढीपहिरो जाँदा ६ जनाको मृत्यु भएको थियो भने २० जना भन्दा बढी वेपत्ता भएका छन् । यस्तै हेलम्बु र मेलम्चीमा दर्जनौं घर डुबानमा परेका छन् । करोडौंको भौतिक क्षति भएको छ । सयौं स्थानीय घरबारबिहीन भएका छन् ।

काठमाडौं महानगरपालिकाले आफ्नालागि खानेपानी दिएका कारण सिन्धुपाल्चोकका यी दुई नगरपालिका र गाउँपालिकालाई आर्थिक सहयोग दिएको हो ।

 

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  २ : ०५ बजे

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।