२१ मंसिर २०८२, आइतबार | December 7, 2025

युरोकप फुटबल : बेल्जियमको लगातार दोस्रो जीत



काठमाडाैं । बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलकाे नकआउट चरणमा प्रवेश गरेकाे छ ।

कोपेनहेगनमा बिहीबार राति भएकाे खेलमा घरेलु टाेली डेनमार्कमाथि २-१ ले पराजित गर्दै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको हाे ।

पार्केन स्टेडियममा बेल्जियमलाई जित दिलाउन इडेन हाजार्ड र केभिन डी ब्रुएनले एक/एक गोल गरे । डेनमार्कका युसुफ पाउलसेनले एक गोल गरेपनि जितकाे लागि प्रयाप्त बनेन ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । खेलको दोस्रो मिनेटमै पिएर एमिल होएबिएरको पासमा पाउलसेनले बेल्जियमको डिफेन्समा कमजोरीको फाइदा उठाउँदै डेनमार्कलाई १-० को अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार सिधैं गाेलमा परिणत भएकाे थियाे ।

बेल्जियमले पहिलो हाफमा गोलको केही अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । तर, दोस्रो हाफमा बेल्जियम खेलमा फर्कियो । खेलको ४६ औं मिनेटमा प्रशिक्षक रोबर्टो मार्टिनेजले ड्रिएस मेर्टेन्सको स्थानमा ब्रुएनलाई मैदान प्रवेश गराएका थिए ।

५५ औं मिनेटमा हाजार्डले गोल गर्दै बेल्जियमलाई १-१ गोलको बराबरीमा फर्काए । उनले ब्रुएनको पासमा गोल गरे । पेनाल्टी क्षेत्रभित्र ब्रुएनले डिफेन्स लाइनलाई ताेड्दै दिएको पासलाई हाजार्डले गोलमा परिणत गरेका थिए ।

७१ औं मिनेटमा ब्रुएनले गोल गर्दै बेल्जियमलाई २-१ को जित दिलाए । ब्रुएनले कप्तान हाजार्डको पासमा गोल गरेका थिए । डेनमार्कले ८७ औं मिनेटमा मार्टिन ब्रेथवेटले स्कोभ ओल्सनको क्रसमा गरेको प्रहार क्रसबारमा लागेर बाहिरिएकाे थियाे ।

जितसँगै बेल्जियम समूह ‘बी’को २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा पुगेको छ । बेल्जियमले नकआउट चरणमा पनि स्थान पक्का गरेको छ ।

फिनल्यान्ड र रसियाको समान ३-३ अंक छ । डेनमार्क भने दुवै खेलमा पराजित हुँदै समूह चरणबाट नै बाहिरिने सम्भावना बढेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ६ : २७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल